बुधबार, साउन ०१, २०८२

मानसिक स्वास्थ्य प्रवर्धनमा ऐतिहासिक कदमःबुढानीलकण्ठ नगरपालिका र National Solution and Research Centre को अग्रणी पहल

काठमाडौं। नेपाल – बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको संरक्षण र आत्महत्या रोकथामको दिशामा एक दूरगामी र महत्वपूर्ण कदम चाल्दै, बुढानीलकण्ठ नगरपालिका र National Solution and Research Centre को सहकार्यमा हालै एक बृहत् सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ जेठ १६ गते शुक्रबारका दिन बुढानीलकण्ठ नगरपालिका सभाहलमा आयोजित“आत्महत्या रोकथाम, तथा मानसिक स्वास्थ्य सचेतनामूलक कार्यक्रम“ ले मानसिक स्वास्थ्यको क्षेत्रमा नयाँ चेतना प्रवाह गरेको छ । यस कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू र स्थानीय सरकारी अधिकारीहरू सहित १०२ जना सहभागीहरू को उत्साह जनक उपस्थिति रहेको थियो, जसले मानसिक स्वास्थ्यको जटिलता बुझ्न र यसको समाधानमा सामूहिक प्रयासका लागि तीन घण्टाको गहन सत्रमा सक्रिय सहभागिता जनाए ।

यस महत्वपूर्ण कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रशासकीय अधिकृत श्री महेशप्रसाद पाठकज्यूको प्रमुख आतिथ्यता ले कार्यक्रमको गरिमा बढाएको थियो ।साथै, शिक्षा, युवा तथा खेलकुदका प्रमुख श्री ललित विक्रम सिंह ज्यू र जन स्वास्थ्य शाखा प्रमुख श्री लीलाधर भुसालज्यूको विशिष्ट आतिथ्यता ले स्थानीय सरकारको यस विषय प्रतिको गम्भीरता र प्रतिबद्धतालाई झल्काएको थियो ।

कार्यक्रमका प्रमुख प्रस्तुतकर्ताहरूमा सह प्राध्यापक तथा मनोचिकित्सक डाक्टर संजय रिसाल र गेट किपर प्रशिक्षक श्री पवन पौडेल ज्यू हुनुहुन्थ्यो । उहाँहरूले मानसिक स्वास्थ्यका विभिन्न आयामहरू माथि गहन प्रस्तुति दिनुभयो। कार्यक्रमको विषय वस्तु मामानसिक स्वास्थ्यका बारेमा विद्यालय, प्रधानाध्यापक सञ्चालक तथा शिक्षकलाई अभिमुखीकरण, विभिन्नमानसिक रोगको परिचय, लक्षण र पहिचान, नेपालमा मानसिक स्वास्थ्यको अवस्था, आत्महत्या रोकथाम सम्बन्धी सत्र जस्ता महत्वपूर्ण विषयहरू समेटिएका थिए। यसकाअतिरिक्त, विद्यालय क्षेत्रमा मानसिक स्वास्थ्यको अवस्थाबारे प्रतिवेदन हस्तान्तरण गर्दै विद्यालयमा मानसिक स्वास्थ्यबारे चिन्ताव्यक्त गरियो र नगरपालिकालाई यस विषयमाध्यानआकर्षण गराइयो ।मानसिक स्वास्थ्यप्रवर्धनमाशिक्षकहरूको भूमिका माथि पनि विशेष जोड दिइएको थियो ।

नगरपालिकाका जनस्वास्थ्यप्रमुख श्री लीलाधर भुसाल ज्यूले विद्यालयका शिक्षक तथा व्यवस्थापन विभागहरू बालबालिकाको अवस्थार समस्या प्रति जानकार रहन सके बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य तथा शैक्षिकअवस्थामा टेवा पुग्न सक्ने कुरामा जोड दिनुभयो ।उहाँले विद्यालयका पदाधिकारीहरूले समयनिकालेर विद्यार्थीको मनोभावना बुझ्ने कोसिस गरेमा विद्यार्थीहरूलाई ’मेरो कुरा सुनिदिने कोही छ’भन्ने महशुस हुने कुरा पनि गर्नुभयो ।कार्यक्रम प्रस्तोता मनोचिकित्सक डाक्टर संजय रिसाल सरले प्रारम्भिक उपचारले गर्दा बालबालिकामा आउने सुधारका बारेमा प्रकाश पार्नुभयो ।यसका साथै उहाँले बालबालिकाको मनोविज्ञान र मनोभावनाको विकासमा विद्यालय र विद्यालयका शिक्षकहरूको भूमिकाअत्यन्तै महत्वपूर्ण रहेको कुरा जानकारी गराउनुभयो ।

गेटकिपर प्रशिक्षकश्री पवन पौडेल ज्यूले नेपालमाआत्महत्याको अवस्था र यसको कारणबारे विस्तृत चर्चा गर्नुभयो ।उहाँले उपस्थित सम्पूर्ण सहभागीहरूलाई आत्महत्या रोकथामका लागि’गेट किपर’ तालिम प्रदान गर्नुभयो, जसले समुदायमा आत्महत्या रोकथामका लागि प्रारम्भिक पहिचान र हस्तक्षेपको महत्वलाई उजागर ग¥यो। कार्यक्रममा शिक्षक वर्गहरूले मानसिक स्वास्थ्य समस्या सम्बन्धी नबुझेका विषयहरूमा विभिन्न प्रश्नहरू पनि गरेका थिए, जसले उनीहरूको जिज्ञासा र यस विषयमा थप जानकारी लिने चाहनालाई स्पष्ट पा¥यो।

कार्यक्रमपछि शिक्षकहरूले आफ्ना अनुभवहरू साझा गर्दै उनीहरूको धारणा र सोचाइमा आएको सकारात्मक परिवर्तनबारे बताए ।उनीहरूले बालबालिका प्रतिआफूले देखाउने व्यवहार, उनीहरूका गल्तीहरू र गृहकार्य नगर्ने जस्ता समस्याहरूलाई कसरी बुझ्ने भन्नेबारे आफ्नो धारणा परिवर्तन भएको कुरा व्यक्त गरे ।साथै, उनीहरूले बालबालिकालाई अझ धेरै माया, हेरचाह र उनीहरूको दृष्टिकोणबाट बुझ्ने कोसिसगर्ने कुराको पनिवाचा गरे ।आजदेखि बच्चाहरूलाई अझ धेरै सुन्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरे ।शिक्षकहरूले मानसिक स्वास्थ्य, बालमनोविज्ञान र यस्ता सीपमा आधारित कार्यक्रमहरूमा सहभागीहुन रुचि रहेको पनिबताउनु भएको थियो ।

यो कार्यक्रम बुढानीलकण्ठ नगरपालिका र National Solution and Research Centre को सहकार्यमा बुढानीलकण्ठका विद्यालयहरू मामानसिक स्वास्थ्यका लागि थप सहयोगी र बुझाइपूर्ण वातावरण निर्माण गर्ने दिशामा एक ऐतिहासिक र प्रेरणादायी कदम हो। यसले शिक्षकहरूलाई आफ्ना विद्यार्थीहरूको भलाइका लागिअग्रगामी वकालतकर्ता बन्न सशक्त बनाएको छ र समग्र शैक्षिक वातावरणलाई मानवीय र संवेदनशील बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याएको छ। यस प्रकारका कार्यक्रमहरूले नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा थप जागरूकता ल्याउन र यसलाई प्राथमिकतामा राख्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।