टोकियो । नेपाल सरकारका प्रवक्ता/ सञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई जापानमा भव्य स्वागत गरेका छन् ।
जापानको टोकियोमा हुने एशिया फ्याशिफ़िक टेक्नोलोजी बारे मन्त्री स्तरीय बैठकमा सहभागी हुन आज बुधवार हानेदा विमानस्थलमा मन्त्री गुरुङलाई जापानी तथा नेपाली समुदायले भव्य स्वागत गरेका हुन ।
विमानस्थलमा स्वागतका जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, जापानको विभागीय मन्त्रालयका उच्च स्तरीय अधिकारीहरू, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल तथा पदाधिकारीहरू र एनआरएनए आईसीसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे तथा पदाधिकारीहरु, मोना आईसीसी अध्यक्ष ददीवल खड़का, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, नेपाली ब्यवसायी संघ जापानका उपाध्यक्ष शिबहरि पौडेल लगायत् जापानवासी नेपालीहरूको बाक्लो उपस्थिति थियो ।
मन्त्री गुरुङ भोलीबाट हुने ३ दिने एशियाको मन्त्री स्तरीय बैठक र नेपाली समुदायहरूको कार्यक्रममा सहभागी हुनु भई जुन १ तारीख नेपाल फर्कने कार्यतालिका छ ।
मन्त्री गुरुङको स्वागत तथा सम्मानको लागि भोली मे २९ तारीख साँझ प्रवासी नेपाली मंच जापानले स्वागत तथा भेटघाट कार्यक्रम राखेको मंचका अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिनुभयो ।


