शुक्रबार, फागुन ०१, २०८२

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको`४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम-२०८२´काे प्रारम्भ

काठमाडौं ।  नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको “४७ औं बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम – २०८२” काे प्रारम्भ भएको छ ।
विभिन्न जिल्लाका धर्मगुरु,गुम्बाको प्रमुख लामा तथा अध्यक्ष लगायतलाई बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारिणी होम दोङ तामाङबाट स्वागत गर्दै भ्रमण सुरू गरिएको थियाे । अध्यक्ष श्रद्धेय धर्म गुरु डा• खेम्बो जिक्टोलबाट दिप प्रज्वलन गरि टासी मंगल पाठ गरी भ्रमणकाे शुभकामना दिनुभएकाे कार्यक्रम संचालन भने शाखाका कर्मचारी राम बहादुर सापकोटले गरेका थिए ।
बौद्ध दर्शन अध्ययन भ्रमण यस वर्ष बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षको नेतुर्त्वमा हुने जानकारी समितिले दिएकाे छ । धर्म गुरु डा• खेम्बो जिक्टोलको कार्यक्रम तालिका अनुसार बुद्ध जन्मभुमि लुम्बिनी, कपिलबस्तु, तिलौराकोट, रामग्राम र पोखरा शान्ती स्तुपा हुंदै बौद्ध, स्वयम्भु धार्मिक स्थल दर्शन गर्दै राष्ट्र प्रमुखको प्रमुख आतिथ्यतामा समापन हुने धार्मिक अभियान्ता टेक राज तामाङले जानकारी दिए ।