मङ्गलबार, असार १०, २०८२

अन्तर्राष्ट्रिय नेपाली समाज जापानको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गुरूङ

जापान । अन्तर्राष्ट्रिय नेपाली समाज जापानको दोश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । टोकियोमा आईतबार एक कार्यक्रमको बीच अन्तर्राष्ट्रिय नेपाली समाज जापानको दोश्रो अधिवेशन भौतिक तथा भर्चुअल रुपमा सम्पन्न भएको हो ।
अधिवेशनबाट मोती गुरूङको अध्यक्षतामा २७ जना कार्यसमिति चयन गरिएको छ । प्रकाश केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो अधिवेशनमा प्रमुख अतिथीको रुपमा डॉक्टर बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीकी केन्द्रिय सदस्य सरिता ढकाल, अतिथीमा प्रवास प्रदेश समितिका उपाध्यक्ष धन बहादुर वि.क ,संरक्षक पदम सिंह ठगुन्ना,पूर्व अध्यक्ष चण्डिका अंमगाई लगायत बुद्धिजीविहरूको उपस्थिती रहेको थियो ।
यस्तो बन्यो कार्य समिति
अध्यक्ष – मोती गुरुङ
उपाध्यक्ष – गणेश लामिछाने
-प्रकाश श्रेष्ठ
-सरोज गिरी
सचिब – बिनोद सापकोटा
सह-सचिव – ऋषिराम ढकाल
-प्रकाशसिंह ठगुन्ना
-केशव प्रसाद सापकोटा
कोषाध्यक्ष – रमिता पोख्रेल
सदस्यहरु –
प्रकाश गुरुङ,
युवाराज खत्री,
दिपकला श्रेष्ठ,
अनिसा तमाङ,
सन्तोष पौडेल,
उर्मिला धमला,
नेत्र थापा,
वाला दुरा,
सञ्जु बि.क,
हेमन्त गुरुङ,
मिलम मगर,
हुकुम मगर,
जमुना गुरुङ,
निरन्जन श्रेष्ठ,
सुसिल लुईटेल,
एलिसा सिंखडा,
भानु देवकोटा,
कैलाश देवकोटा