टोकियो । चौथौं तमु धीं जापान रनिङ कप फुट्सल प्रतियोगिता २०२५ भव्य रूपमा सम्पन्न भएको छ। तमु धीं जापानको चौथौं तमु धीं जापान रनिङ्ग कप फुट्सल प्रतियोगिता २०२५ भव्यताका साथ सम्पन्न भएको हो ।
अप्रिल २० तारिक आईतबारका दिन चिबा जापानको Z FUTSAL SPORT मा सम्पन्न प्रतियोगितामा प्रथम : शेर्पा संघ जापानले उपाधि सहितनगद ४ लाख येन पुरस्कार हात पारेको छ ।
द्धितीय काभ्रेली समाज जापान ( white) नगद २ लाख येन
सेमिफाइनालिस्ट काभ्रेली समाज जापान (orange) ५० हजार येन तथा अल स्टार FC जापान ५० हजार येन पुरस्कार पाएको तमु धीं जापानका खेलकूद संयोजक आंद्रे गुरुंगले जानकारी दिए ।