काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताएका हुन् ।
उनले बीपी कांग्रेस, पूर्व देशभक्त सैनिक संगठनसहितलाई एक ठाउँमा राखेर नयाँ पुस्ताको जीवन सुरक्षित बनाउन लागेको पनि बताएका छन् । रावलले वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान सञ्चालन गर्ने पनि बताएका छन् ।
उनले भनेका छन्, ‘देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ ।’