बुधबार, माघ ३०, २०८१

`सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को-को हुनुहुँदो रहेछ,हामीले चिन्न पाउनुपर्यो’

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल सरकारको उच्च तहमा कार्यरत कर्मचारीले विदेशी नागरिकता लिएको भन्दै तिनीहरुलाई चिन्न पाउनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकका सांसद पन्तले ती कर्मचारीमाथि कारबाही गरेर संदनलाई जानकारी गराउन माग गरेका हुन् । उनले नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभावहरूलाई नेपाली जनताले चिन्नुपर्ने बताए ।

उनले भने, ‘पीआर भएका कर्मचारीको दोहोरो नागरिकता छ कि छैन भनेर छानबिन गर्न अख्तियारले लेखेको चिठीले प्रधानमन्त्री कार्यालयमा बाटो बिरायो रे कता कता । अहिले फेला परेको छ रे । नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभावहरू को–को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुपर्यो ।’