सोमबार, चैत ०३, २०८१

जापानका विदेशमन्त्री कामीकावा मे ५ मा नेपाल भ्रमण गर्दै

जापान  ।  जापानका विदेशमन्त्री कामीकावा योको नेपालको एकदिने भ्रमणको तयारी भएको छ । विदेशमन्त्री कामीकावा मे ५ तारिख नेपाल जनन लागेकी हुन् । उनको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री कामीकावा अफ्रिकन मुलुकको भ्रमन सकेर श्रीलङ्का हुँदै नेपाल जान भएकी हुन् ।

विदेशमन्त्री कामीकावा नेपाल प्गेको दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।

कामीकावा एकदिन विहान प्गेर साँझ फर्किने कार्यक्रम छ । भ्रमणकै क्रममा केही सम्झौता तथा समझदारी गर्ने तयारी पनि भइरहेको छ । परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले यसका लागि गृहकार्य गरिरहेको स्रोत बताउँछ ।

द्ई देशको सम्बन्धलाई अझ सुदृढ र बलियो बनाउने उद्देश्यले यो भ्रमण हुन लागेको जापानका लागि नेपाली राजद्त डा दुर्गा बहादुर सुवेदीले बताएका छन् । भेटघाटको क्रममा दुई देशबिचको सम्बन्ध, विकास कार्यमा सहकार्यको सम्भावनाका बारेमा कुराकानी हुन सक्ने बताएको छ । नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । ६८ वर्ष पुरानो सम्बन्धमा जापानबाट विदेश मन्त्रीहरूको यो चौथो भ्रमण हो भने सन् २०१९ पछि विदेशमन्त्रीको कामीकावाको पहिलो नेपाल भ्रमण हो ।

सन १९५६ सेप्टेम्बर १ मा नेपाल र जापानबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्ष विस्तार हुँदै गएको जापानस्थित नेपाली दूतावासले जनाएको छ । दुवै देशमा आवासीय राजदूतावास स्थापना हुनुअघि नयाँ दिल्लीस्थित आफ्नो दूतावासबाटै नेपाल र जापानले कूटनीतिक सम्बन्ध कायम गर्ने र सम्बन्धित मुलुकलाई हेर्दै आएका थिए ।

सन् १९६५ मा मात्र जापानमा नेपाली दूतावास स्थापना भएको थियो । जापानका लागि पहिलो नेपाली राजदूत भरतराज राजभण्डारी हुन् । जापानले सन् १९६८ मा काठमाडौँमा आवासीय दूतावास स्थापना गरी पहिलो राजदूतको रुपमा हिदेमिची किरालाई नियुक्त गरेको थियो ।