आइतबार, जेठ ०६, २०८१

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, जापानको ओकिनावा क्षेत्रको सुनामीको चेतावनी हट्यो

जापान । ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । आज बुधवार बिहान स्थानीय समय अनुसार बिहान ७:५८ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
सन १९९९ सेप्टेम्बर २१ पछिको सबैभन्दा ठूलो भूकम्प यहि भएको स्थानीय अखबार ताईपेई टाइम्सले उल्लेख गरेको छ ।

ताइवानको हुआलिआन काउन्टीलाई केन्द्रबिन्दु बनाएको भूकम्प धक्का ताइवानभरी महसुस गरिएको छ । जमिनबाट साढे १५ किलोमिटर मूनि भूकम्प गएकोले क्षति कम भएको बताइएको छ ।
ताइवानका अधिकारीहरुले आज विद्यालय बन्द गर्ने भएका छन्। चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार चीनका चचिआङ, फुचिआन, चिआङ्सु, क्याङ्तोङ प्रान्त तथा साङ्हाई क्षेत्रमा पनि भूकम्प महसुस भएको छ ।
भूकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरेको थियो।
ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प हो,’ भूकम्प मापन अधिकारीहरूले बताएका छन।

३ मिटरसम्मको सुनामी छालहरू जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रका ठूलो क्षेत्रमा पुग्ने अनुमान गरिएको थियो तर तत्कालको लागि जापानको ओकिनावा क्षेत्रको सुनामीको चेतावनी हटेको
जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ।