बुधबार, जेठ १६, २०८१

जापानमा जुन २५ तारिख पुरुष भलिबल कप २०२४ आयोजना हुने

जापान । बोहोराफाँट समाज जापानले आगामी जुन २५ तारिख पुरुष भलिबल कप-२०२४ प्रतियोगिता आयोजना गर्न लागेको छ ।
‘खेलकुद, कला, संस्कृतिको संरक्षण, हाम्रो अभियान, समाज रूपान्तरणमा युवाको सक्रियता, हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ आफु जन्मे हुर्केको गाउँ ठाउँको शिक्षा,स्वास्थ्य, खेलकुद खेलमैदान जस्ता बिकासमा सहयोग गर्न, विदेशिभुमिमा पनि खेलकुदको माध्यमबाट आपसी सद्धभाव सुमधुर तथा सामाजिक सम्बन्ध निर्माण गरि नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षक प्रवर्द्धन गर्दै विदेशी भुमिमा रहेका भलिबल खेलाडीहरुको हौसला वृद्धि गर्न बोहोराफाँट समाज जापान (B S J ) ले आगामी जुन महीनाको २५ तारिखका दिन आयोजना गर्न लागेको “प्रथम BSJ पुरुष भलिबल कप-२०२४” आयोजना गरेको समाजका अध्यक्ष एकबहादुर बोहोराले जानकारी दिए ।
भलिबल प्रतियोगिता भव्य रुपमा सफल पार्नका लागि सबै जापानबासी नेपालीहरुमा आर्थिक, नैतीक तथा भौतिक सहभागिताको लागि समाजले अनुरोध गरेको छ ।
उक्त खेल प्रतियोगिताको लागि टिम दर्ता तोकिएको समय उपलब्ध गराउनु हुन संघ संस्था र क्लवहरुलाई बोहोराफाँट समाज जापानले हार्दिक अनुरोध गरेको छ ।