जापान । विश्व नेपाली साहित्य महासङ्घ ९विनेसाम० जापान शाखाद्वारा आयोजित पुस्तक विमोचन तथा रचना वाचन कार्यक्रम टोकियोमा सम्पन्न भएको छ।
टोकियोमा असोज ७ गते जापानका लागि नेपाली राजदूत प्रमुख अतिथी डा दुर्गा बहादुर सुबेदी, संस्थाका अध्यक्ष तथा कार्यक्रम सभापति देबिबहादुर इङ्नाम साथै उपस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधि हरुले एकै साथ बिमोचन गरेका थिए।
काठमाडौँ लञ्च एण्ड बारको सभाहलमा महक टुक्का कवितासङ्ग्रह र लाहुरेको रेलिमाई उपन्यास विमोचित भएका थियो।प्रमुख अतिथिको रूपमा रहनुभएका राजदूत तथा साहित्यकार डा। सुवेदीले यसरी साहित्याकाशमा नवविधाहरू जन्मिॅंदा असाध्यै खुसी लागेको बताउॅंदै नवविधामा कलम चलाएर कृतिको रूप दिने कृतिकार म्यामराज राईको प्रशंसा गर्नुभएको थियो ।
त्यस्तै गरी पुरानो चिनजानको लाहुरेको रेलिमाई उपन्यासका उपन्यासकार विजय हितानले नेपालीको वीर गाथा समेटिएको ऐतिहासिक उपन्यास पाठकमाझ ल्याएकोमा खुसीको व्यक्त गर्नु भएको थियो। भर्चुअल माध्यमबाट अतिथिको रूपमा कार्यक्रममा जोडिनुभएका टुक्का साहित्य समाज, नेपालका उपाध्यक्ष वसन्त अनुभवले महकको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । भर्चुअल माध्यमबाटै जोडिनुभएका विशिष्ट अतिथि तथा लाहुरेको रेलिमाई उपन्यासका उपन्यासकार विजय हितानले लाहुरेको रेलिमाई लेखनको सिलसिलामा भोगेका आफ्ना तितामिठा अनुभवहरू सुनाउॅंदै प्रवास विमोचनको अवसरको लागि विनेसाम, जापान शाखालाई धन्यवाद दिनुभएको थियो । महकका सर्जक राईले भने टुक्का कविताको अर्थ, महत्त्व, फाइदा सॅंगसॅंगै सङ्ग्रहसम्म आइपुग्दाका आफ्ना अनुभवहरू सुनाउॅंदै विशेष अवसर जुटाइदिने विनेसाम जापान शाखाप्रति आभार व्यक्त गर्नुभएको थियो ।
विमोचित कृतिका कृतिकार द्वयको संक्षिप्त परिचय नेपाली आदिवासी जनजाती महासँग जापानको महासचिव तथा संस्था सदस्य प्रमिला राईले गराउनु भएको थियो। अन्य विभिन्न सङ्घसंस्थाहरूबाट प्रतिनिधित्व गरी मन्तव्य राखानु हुनेहारुमा एनआरएनए जापानका उपाध्यक्षय
सिद्धार्थ श्रेष्ठ, शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा, खबूसिकी खाइस्या मानाबुका सीईओ विशाल डल्लाकोटी,नेपाल पत्रकार महासंघ जापान अध्यक्ष शान्त पहरी, साहित्य चौतारीका अध्यक्ष अमरदेव बास्तोला, अनेसासका अध्यक्ष रविन शर्मा, अनेसासका पूर्व अध्यक्ष गिरिजा गैह्रे, अनेसासका बारीष्ट उपाध्यक्ष्य अरुण पौडेल, अनेसासका बिओडी गृष्मा पौडेल, टेप न्युजका प्रधान सम्पादक सजिना मोक्तान, नृत्य प्रशिक्षक वाको युनिभर्सिटी युको ओकामोतो, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ९फोनिज० जापान फुर्वा शेर्पा, किरात यक्थुङ चुम्लुङ जापानका उपाध्यक्ष मनकुमार तुम्सा, सेवारो निप्पोन जापान प्रालिका सचिब देबेन्द्र लाओती तमाङ समाजका अध्यक्ष कर्साङ् लामा लगायतले शुभकामना अर्पण गर्नुभएको थियो । प्रत्यक्ष उपस्थित भई आफ्नो रचना वाचन गर्नेमा अमरदेव बास्तोला, रविन शर्मा, गिरिजा गैह्रे, अरुण पौडेल, शारदा पाण्डे, गृष्मा पौड्यल, सजिना मोक्तान, युको ओकामोतो, राजन घले, रविन्द्र दिखुक्पा, गंगा गगन, सयपत्री थुलुङ्, शिवराज साङ्पाङ्, विजय स्याङ्बो, दिलिप राई, हुनुहुन्थ्यो। भने भर्चुअल माध्यमबाट विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभएकी विनेसाम विश्व केन्द्रीय समितिका महासचिव सुनिता राई कन्दङ्वाले शुभकामना मन्तव्य सहित आफ्नो सिर्जना सुनाउनुभएको थियो । आयोजकको तर्फबाट सस्थाका सदस्य विजय स्याङ्बोको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम करिब चार घण्टासम्म चलेको थियो ।
विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाका अध्यक्ष देवीबहादुर इङ्नामले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम सञ्चालनको पहिलो सत्र महासचिव रविन्द्र दिखुक्पा र दोस्रो सत्र सह सचिव सयपत्री थुलुङ् र कोषाध्यक्ष शिवराज साङ्पाङ राई रहनुभएको थियो ।