शनिबार, बैशाख १९, २०८३

जापानले अवलम्बन गरेको प्रणाली उत्कृष्ट लागेकोले भरतपुरमा त्यसको सिको गर्नेछु : मेयर दाहाल

जापान । कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका जापान आएर फ़र्कनेक्रममा भरतपुरकी मेयर रेणु दाहालले जापानले अवलम्बन गरेको प्रणाली उत्कृष्ट लागेकोले भरतपुरमा त्यसको सिको गर्नेछु बताएकी छन।
कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध थप ३ वर्ष निरन्तरता दिन सम्झौता पत्र (Memorandum of understanding ) मा हस्ताक्षर भएको थियो।
सम्झौता पत्रमा हस्ताक्षरका लागि जापान भ्रमणमा रहेकी भरतपुर महानगरपालिका नगर प्रमुख रेणु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजी बिचमा भएको सम्झौतामा दुई नगरपालिकाले प्राविधिक ज्ञान, शिक्षा, सरसफाई, बेरोजगारीको अन्त्यका लागि सहयोग आदानप्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षार गरिएको हो ।

जनप्रतिनिधि र कर्मचारी स्तरमा अनुभव आदानप्रदानसहित आवश्यक अन्य सहयोग गर्नका लागि योकोसुका सिटीसंग छोटो मध्यम र लामो अवधिमा सहयोग आदानप्रदान हुने गरि सम्झौता भएको छ भरतपुर महानगरपालिका नगर प्रमुख दाहालले भनिन्- यस खालका कार्यक्रमले दुई देशका बिचमा रहेको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाई नगरको विकास र प्रणाली सुधारमा टेवा पुर्याउने छ ।
जापान भ्रमणले यहाँका नागरिकमा रहेको अनुशासन र जिम्मेवारी बोध सेवा प्रदायकहरूमा रहेको सुशासन, सहज सेवा प्रवाह, कामप्रतिको लगनशीलता र जनताप्रतिको उत्तरदायित्वले निकै नै प्रभाव पारेकोले त्यो अनुभवलाई आफूले सक्दो अबलम्वन गर्ने नगर प्रमुख दाहालले बताइन् ।

योकोसुका सिटीको कार्य स्थलको अवलोकन समेत गरेकी नगर प्रमुख दाहालले प्रशासनिक काम गर्दा जापानले अबलम्वन गरेको कार्य स्थलको कर्मचारीको बसाईले सेवाग्राहीलाई हुने गरेको सहजतासहितको पारदर्शिताबाट आफू प्रभावित भएकोले भरतपुरमा १ अरबको लगानीमा बन्न लागेको प्रशासनिक भवनमा केहि सुधार गर्ने बताइन् ।

भरतपुर महानगरपालिकाको बिकास र समृद्धिका लागि आफु अहोरात्र खटिरहेको धारणा ब्यक्त गर्दै गएको पाँच वर्षमा भए-गरेका कार्यप्रगतिको मुल्याङ्कन गर्दै महानगरबासीले आफुलाई पुनः दोस्रोचोटी निर्वाचित गराएको बताईन् ।

५ दिने जापान भ्रमणमा रहेको दाहालसहितको भ्रमण टोली सोमबार नै स्वदेश फिर्ता भैसकेको छ ।