टोकियो । खेलकुद क्षेत्रको विकास विस्तार र प्रवर्द्धन गर्ने उदेश्यका साथ काभ्रेली समाज जापानद्वारा आयोजित चौथो काभ्रेली कप २०२२ फुटबल प्रतियोगिता भव्य सम्पन्न भएको छ ।
नेपाल तामाङ समाज जापानको विशेष सहयोगमा आयोजित प्रतियोगितामा जापानभरी बाट ३२ टिमको सहभागिता थियो । बाक्लो खेलाडी र दर्शकहरूको बिचमा भएको प्रतीयोगितामा “पनौती-११” टिम बिजेता हुँदा उपबिजेता “गोरखनाथ एफ.सी.” टिम र “काभ्रेली समाज ओरेन्ज” टिम तेस्रो भएको छ ।
खेलको वेष्ट प्लेयर गोरखनाथ एफ.सी. टिमका सुजन लामा, हाई स्कोर काभ्रेली समाज टिमका रजिन पान्डे,वेष्ट कीपर पनौती-११ टिमका रोशन श्रेष्ठ र बेष्ट डिफेन्डर पनौती-११ टिमकै चन्द्र घर्ती मगर हुन सफल भएका छन ।
काभ्रेली समाज जापानको युबा संयोजक देवेन्द्र योन्जन तामाङको संयोजकत्वमा सम्पन्न भएको प्रतियोगितामा कार्यक्रम संचालक बलराम थिङ ,समाजसेबी नीमा लामा, हवल चन्द्र लामा, हेमराज केसी, शिवहरी पौडेल, शिव खड्का, चन्द्र लामा, बुद्ध गुरुङ, नमस्ते गुरुङ, निर्मल राई लगाएतको विशेष उपस्थिति रहेको थियो भने प्रशान्त तामाङ र गोपाल थोकर विशेष भूमिकामा रहेको थियो ।
हाचीओजी, फुजीमोरी पार्कमा सम्पन्न खेलको बिजेताले मेडल, सिल्ड, ब्यानर, प्रमाणपत्र र नगद ५११,१११ यन नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै उपबिजेता ले मेडल, सिल्ड, ब्यानर, प्रमाणपत्र र नगद २३१,१११ यन नगद र तेस्रो हुन सफल टिमले मेडल, सिल्ड, ब्यानर, प्रमाणपत्र र नगद ७१,१११ यन नगद पुरस्कार प्राप्त गरेको छ आयोजकले जनाएको छ ।


