काठमाडौं । श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयद्वारा आयोजित शिक्षक अभिभावक संघ गठन, सम्मान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम समपन्न भएको छ ।
पुर्व रक्षामन्त्री तथा निर्वाचन क्षेत्र नं ६ का सभासद भिमसेन दास प्रधानको सिफारिसमा China Foundation For Poverty Alleviation. Alibaba Philanthoropy. Noble Compassionate Volunteers ले विद्यालयका नसरी देखि पाँच कक्षा सम्मका २ सय ५० जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री तथा झोला विद्यालयका प्रअ डा.टिकाराम भट्ट, व्यवस्थापन समिति अध्यक्ष सानुकाजि थापा लगायत व्यवस्थापन समितिका पदाधिकारीहरू र संस्थाका सदस्यहरूको उपस्थितिमा वितरण गरिएको हो ।
पुर्व रक्षामन्त्री प्रधानले आफ्नो कार्यकालमा राष्ट्रपति विद्यालय सुधार योजना कार्यक्रम ल्याउन सफल भएको बताउँदै आगामी दिनमा विद्यालयलाई निरन्तर सहयोग गरिरहने बताए । कार्यक्रममा प्रअ भट्टको स्वागत मन्तव्य राखेका थिए भने राजनीतिकर्मि तथा पुर्व व्यवस्थापन समितिका अध्यक्ष माधव तिमिल्सिनले तारकेश्वर नगरपालिकाले वडा अध्यक्ष नै व्यवस्थापन समितिको अध्यक्ष हुनुपर्ने भन्ने निर्णय सच्याउनु पर्ने र यो निर्णयले अभिभावकको अधिकार खोसिएको भनि सम्बन्धित निकाएलाई ध्यानाकर्षण गराए ।
यस्ते, महानगरीय प्रहरी वृत्तका प्रमुख रविन विष्टले विद्यालयसंग सहकार्य गरेर सुरक्षा सम्बन्धित कार्यक्रम संचालन गर्ने बताएका छन् । कार्यक्रममा नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेले आफ्नो कार्यकाल सम्म विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, तारकेश्वर नगर उपप्रमुख सिर्जना बुरलाकोटी अर्यालले हाल नगरपालिका भित्र चलिरहेको विषय वडा अध्यक्ष नै विद्यालय व्वस्थापन सिमितीको अध्यक्ष हुनपर्ने निर्णय उपर छलफल गरिने बताईन् । आफुले विद्यालयलाई हरपल सहयोग गरिरहने बताउँदै उनले शिक्षाको गुणस्तर बढाउनका लागि बजेटले नरोकिने कुरामा जोड दिईन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले एउटा कुशल विद्यार्थी निर्माण गर्नका लागि विद्यालय, शिक्षक, शिक्षीका, कर्मचारी ,विद्यालय व्यवस्थापन समिती,राजनीतिकर्मि मात्रै नभएर अभिभावकका साथै स्वयम् विद्यार्थीको लगनशीलताले मात्र संम्भव रहेकाले विद्यालयका शिक्षक,शिक्षीका, कर्मचारीहरू सबै दक्ष रहेकोले आगामी दिनमा चाँडै नै डिजिटल प्रविधिबाट पठनपाठन हुने कुरामा जोड दिए ।
यसैगरी, कार्यक्रममा प्रदेश सांसद योगन्द्र संगौला, तारकेश्वर नगर उपप्रमुख सिर्जना बुरलाकोटी अर्याललाई सम्मान र नगर शिक्षा अधिकारी होमनाथ न्यौपाने, महानगरीय प्रहरी वृत्त प्रमुख रविन बिष्टल र भिमसेन दास प्रधानलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।