काठमाडौं । स्वास्थ्यमन्त्री स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो झडपमा घाइते भएकासँग भेट गरेकी छन् ।
मंगलबार सुनसरी घटनाका घाइते भेट्न विराटनगरस्थित न्यूरो अस्पताल पुगेर उनले गृहजिल्ला सुनसरीमा भएको घटनाका घाइतेलाई भेटेकी हुन् । उनले घाइतेका अभिभावकलाई पनि भेटिन् ।
उपचारमा कुनै समस्या भए डाक्टरसँग समन्वय गर्न घाइतेका परिवारलाई उनले आग्रह गरेकी छन् । ‘सरकार तपाईंहरुसँगै छ । कुनै समस्या पर्यो भने यहाँ हाम्रो साथीहरु पनि हुनुहुन्छ । डाक्टर पनि हुनुहुन्छ । उहाँहरुलाई भन्नुहोला,’ उनले भनिन् । साउन १० मा दुई फरक समुदायबीच भएको विवादले उग्र रुप लिँदा एक जनाको मृत्यु भएको थियो । कम्मरमाथि गोली लागेका ९ जना उपचाररत छन् ।
घटनामा प्रहरीसहित २२ जना घाइते भएका छन् ।

