काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक वर्षमा ६८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश पुर्याएका छन् । महामारीपछि विदेश जाने क्रम ह्वात्तै बढेकाले गत आर्थिक वर्ष २०७८/७९मा विदशे जाने विद्यार्थीले ६८ अर्ब रुपैयाँ वैदेशिक शिक्षाका लागि खर्च गरेका हुन् ।
गत आर्थिक वर्षमा सेवा खाता अन्तर्गत नेपालको भ्रमण व्यय १९६.७ प्रतिशतले बढेर ९७ अर्ब ३२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड पुगेको हो । अघिल्लो वर्ष भ्रमण व्यय३२ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ९६ करोड रहेको थियो । तर, झण्डै तेब्बरले शिक्षाका लागि विदेशी मुद्रा बाहिररिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो ६ महिनामा मात्रै ८५ हजार भन्दा बढी नेपालीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका थिए ।

