बुधबार, साउन २५, २०७९

कथा ढुङ्गा बोक्ने र ढुङ्गा हान्नेहरुका : सम्भवत फेरी त्यो युग फर्किदै

-मिरा अमात्य राजभण्डारी, काठमाडौं ।
त्यो एउटा युग “हरु” थियो
निरास नहोम् – सम्भवत फेरी त्यो युग हरु फर्किदै छन्
त,सुन ….
त्यो एउटा युग “हरु” थियो
त्यो युग यो “काठमाडौं”मा ढुङ्गा हरु बोक्थे
काठमाडौं, नेपा : मन्दल मात्र किन ?
सम्पूर्ण नेपाल भित्र “ढुङ्गा” हरु बोक्थे
भनौला त्यो ढुङे युग थियो र बोक्यो के ठुलो काम हो र ?
होइन
त्यो ढुङे युग थिएन
सभ्यता को युग थियो
सभ्य मानिस हरुको युग थियो
खाइ नखाइ
भ्यार्केँ तुँकंचा र ग्वार्चा खाँदै
पस्केका थाल भरी का भात हरु पँछाउदै
खेत का आली हरु गरा हरु
थाल भरी भरी भात हरु पस्किन
पस्कन भकारी हरु जोद्न
के किसान के स्योस्यो के मर्स्या
तप तप घाम हरु मा खुइय गर्दै
खानासाम रोप्थे
हरिया भरिला त्यो खेत गरा हामी नेपाली को सान हुन्थ्यो
भ्यार्के मल्ता म : गुली द थें भन्दै छोरी बुहारी को भाउ हुन्थ्यो
किनकी त्यो सभ्यता हरुको युग थियो
सभ्य हरुको युग थियो
ढुङ्गा बोक्ने हरुको युग थियो
त्यो ढुङ्गा
हो त्यो ढुङ्गा
ढुङे धारा हरु बने
मन्दिर का मुर्ती अनि झ्या:, झ्य: का तुँडाल इनार सब थोक बने
नपत्याये पाटन यल तिर हेर्न जानु
काठमाडौं को टोल धारा पानी तिर जानु
अझ नपत्याय काल भैरब संकटा र महांकाल अनि
कालिन्चोक नक्साल सोभा भगवती सँग सोध्नु
त्यो युग केको, के थियो ?
होहो त्यो ढुङे धारा को युग थियो
ढुङ्गा बोक्ने हरुको युग थियो
तिमी मलाई अचेल सभ्यता सिकाउन थाल्यौ त तिम्रा गाम घर ठाम तिर
ढुङ्गा हरु असरल्ल पसाङ्रिया छन् रे
तिम्रो धारा ढुङ्गा मा बग्दैन रे
उहिले ति युबा गर्जिन्थे
नाला पानी मा उफ्रिन्थे
हेर त देउ थल को लडाईं पनि तिमीले नै
लडेका थियौ त
“सिन्धुली गढी” तिमीले सिर्जेको
तिमी अर्थात तिमी नेपामी : नेपाली
के “खस”, “जनजाती – आदिवाशी”
तिमी मात्र नेपाली
“बिशाल नेपाल”को सिमान्कनमा
हामी,
के “स्योस्यो “के “ज्यापु” के “सायमी” के “उदयए सबै सबै मिसेकै हो
तर लाग्छ आज तिमी र तिमी हरु बिच अद्रिस्य सिमाँकन कोरिंदै छ
आफु आफु बिच बिभेद गर्दै
अरी मल्ल , मान देव,स्थुन्को ,जिते दास्ती, गस्ती – तिम्रा पुर्खा हरु बिर्सन्दै
अचेल तिमीलाई “दास” बन्ने “जङ” चले जस्तो छ
किनकी अचेल तिमी ढुङ्गा बोक्दैनौ
माटोहरु सुक्दै छन्
खेत आली खलिहान बाँझो पारेर
अचेल येंदे तिर होह्ल्ला गर्दै छौ
अझ सुन्छु अचेल
युबा तिम्रा बिदेसिदै
हरिया खेत बारी मरुभुमी हुँदै छन् रे
तिमी ढुङ्गा बोक्दैनौ त्यसैले
त्यो युग थियो ढुङ्गा बोक्नेहरुका युग
ढुङे धारा हरु का युग
सुन्धारा “ग: हिती”हरुका युग
अनि युग,
“तुकँचा भ्यार्केँ र फकँचा”का युगहरु
किनकी,
तिनी हरु “ढुङ्गा “बोक्थे
र त धारा हरु झर्झर झर्थे
ठिकै छ, अचेल
जारका पानी घरघरमा झर्ने गर्छन्
अझ नपुगे त्यान्कर छन्दै छ
बोक्न नसके घर का तीन तल्ला सम्म
तिमी पुर्याउने गर्छौ
सुन्छु अझै तिम्रो बस्ती मा बत्ती छैन
घट्ट अचेल सुस्ताएको छ
किनकी गाम घर सुन्सान जो छ
तिमी “काठमान्डौ”मा छौ
त्यसैले तिम्रो गाम घर सुस्ताएको छ !
त्यो “सुत्केरी – गर्भिनी”हरुलाई
बोक्ने ति सुरिला पाखुराहरु अचेल “जार” बोक्छन
परदेसी “भुमी”मा खोइ कतै बेल्चा बोक्दै छन् !
घरमा तिम्रो छोरो जन्म्यो रे !!!
ओहो, आच्या…, घरमा होइन “बाटो”मा
कहाँ ,तातो पानी, स्याहार संगै ,”तातो मिठो” “सुत्केरी” लाई
तिमी थियनौ नि , त्यसैले …
हो त्यो ढुङ्गा बोक्ने हरुको काँध थियो
जाबो “घर” “देश” बोक्न केको गार्हो र ?
‘ढुङ्गा”हरु को युग, सभ्यताको युग, मेरो नेपाल ,नेपा : र नेपामी हरुको युग
तर ,पख पख ….
अझै त्यो युग फर्किन्दै छ भन्छ त्यो हर्के …???
हर्के साम्पाङ रे…
फेरी ह”र्के’हरु कता उछ्छीटियर
धरान हरु पुगेछन !
त्यो ढुङ्गा बोक्ने ठिटो
भन्छ फेरी युग फर्काउन्छ रे!
ढुङ्गा बोक्ने त्यो ठिटो
बडो फुर्तिलो छ त !
“बडा”हरुको आशिर्बाद छ रे ,त्यसैले उत ढुङ्गा नै बोक्छ रे !
“धरान”तिर पानी खुवाउन
उता धरान नेपाल ब्युताउदै हिंडेको छ रे !
ढुङ्गा बोक्दै बोकाउँदै,
खोला किनार र कन्दरा फिर्दै
उ खुईय गर्दै
“धराने”लाई पानी नखुवाइ म बस्दिन रे !
कैले बेल्चा साबेल् माग्छ ..!
कैले आफुलाई “कुल्ली” भन्छ
फरक छ… यो केटो यो ठिटो !
सान्च्चिकै हो,
उसले धरान तिर अबस्य् पानी खुवाउँछ अबश्य खुवाउँछ
त्राण सुकेका आदिवाशी जनजाती
ढुङ्गा बोक्ने जाति,
ढुङ्गा पुज्ने जाति ,
हो, ढुङ्गा बोक्नेहरु ढुङ्गा पुज्नेहरु
ढुङ्गा बोक्दै सदियौं देखी आफ्नै ढुङ्गा बनी सके
अझै पनि
हो, अझै पनि ढुङ्गा बोक्दै छन्
“ढुङ्गा ..”
“सभ्यता”को बिम्ब र दर्शन
ढुङ्गा सभ्यता को “इलोंह : “बुझ्यौ के ?
फेरी पनि यो “युग”मा
प्लास्टिकको “युग”मा
“युरेनियम”को “युग”मा
“हर्के”हरु ढुङ्गा बोक्दै -बोकाउन्दै
“सभ्यता”हरु ब्युताउन्दै छन् …
“हर्के”लाई यो काठमाडौं कि “मैचा” को सलाम, सेवा, जदौ, सेवारो, झोर्ले, ज्वज्वलप्पा !
अन्तमा,फेरी भन्छु …..
“हर्के” हरु
तिमी “ढुङ्गा” बोकी रहनु
“ज्यापु दाइचा” तिमी “खमु” बोकी रहनु ‘
“स्योस्यो” खुँडा, खुकुरी र तर्बार “सन्दुस”मा होइन
(सनुसे मखु 🙂)
मोहनी मात्र होइन,
सधैंसधैं धार लगाइ रहनु !
ए देव भाजु, गुभाजु,
पण्डित- बाजे, तिमी “सत्यनारायन”, ‘भागवत” र “सप्ताह”मा मात्र होइन
प्रय्त्यक दिन- रात दिव्य, अलौकिक ,बुद्दी बिबेक प्रबचन् गरी रहनु !
किनकी देश “संकट”मा छ
“संकट”मा छ “देश”
पानी खान मात्र
होइन
फेरी ओभानो – मलिलो पारेर
देश ब्युताउनु छ !
ढुङ्गा बोक्नु छ र बोकाउनु छ !
किनकी अब यो “युग” पनि “ढुङ्गा “को हुनु पर्छ
“ढुङ्गा” हरु बोक्नु पर्छ !
ढुङ्गा नबोक्नेलाई “बालेन”हरुको लौरीले “थचार्दै”
“ढुङ्गा”हरु बोकाउनु छ !
“ढुङ्गा” हरुको युग हो,
“ढुङ्गा” बोक्नु बोकाउनु पर्छ
उ.., त्यो पल्लो कीराँती “हर्क साम्पाङ”ले जस्तै
निरास नहोम् – सम्भवत फेरी “त्यो युग”हरु फर्किदै छन्
किनकी त्यो हर्के ठोकुवा गर्दै छ
युग “ढुङ्गा” को फेरी फर्किंदै छ ।

कतामरी श्रावन ११ गते २०७९ बुधवार

यसमा तपाईको प्रतिक्रिया

%d bloggers like this: