शुक्रबार, फागुन ११, २०८०

कालभैरव गाईज तोचिगीलाई फुटसल टुर्नामेन्ट कपको उपाधी

तोचिगी : तेस्रो चरणको युएफएन कपको उपाधी काल भैरव गाईज युथ क्लव ताचिगीले हात पारेको छ । आईतबार सम्पन्न रोमान्चक खेलको फाईनलमा फुस्सा गाईजलाई दुई सुन्य गोल अन्तरले हराउदै काल भैरवले उपाधी हात परेको हो । उपाधीसँगै काल भैरवले नगद पाँचलाख जापानी येन हात पार्यो भने उपविजेताले दुईलाख नगद हात पार्यो ।

कुल १८ टिमको सहभागिता रहेको खेलमा सर्वाधिक सात गोल गर्ने राईजिङग क्लवका सन्तोस गुरूङले व्यक्तिगत पुरस्कार हात पारे भने उत्कृष्ट गोल रक्षकको उपाधी विजेता टोलीका विवेक कार्कीले पाए ।

जापानमा संचालन हुने प्रतियोगिता मध्ये सर्वाधिक नगद पुरस्कार राशी भएको खेलका विजेता तथा उपविजेताहरूलाई प्रमुख अतिथि एनआरएनए जापानका उपाध्यक्ष टासी लामा लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।tochiki gam