सोमबार, बैशाख ०७, २०८३

१२ कक्षासम्म नि-शुल्क शिक्षा र सुन्दर चनखु बनाउने रामहरी चौहानको घोषणा

मन्थली । स्थानीय चुनाव नजिकदै गर्दा नेकपा एमालेबाट मन्थली १० का वडा अध्यक्षका उम्मेदवार बनेका रामहरि चौहानले उक्त घोषणा गरेका हुन् ।
आफू वडा अध्यक्ष भएमा चनखुका मुख्य सडकखण्ड पिच तथा अन्य सबै शाखा बाटाहरु बाह्रै महिना चल्ने गरि ग्राबेल गर्ने र १२ कक्षासम्म नि-शुल्क शिक्षा बनाई सुन्दर चनखु बनाउने घोषणासहित प्रतिवद्धता व्यक्त गरेका हुन ।

रामेछापको ग्रामिण भेगका धेरै बाटाहरु वर्षामा हिलोे र हिउँदमा धुलाम्य भएर गाडी चढेर यात्रा गर्न असहज हुने गरेको छ । पाँच वर्षे कार्यकालमा चनखुलाई आफूले कायापलट गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
यसअघि उनले आफ्नो १५ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन् । चनखुबासीले त्यहाँको विकास चाहेकाले आफूलाई जिताउनेमा विश्वस्त रहेको बताएका छन् ।

आफू विशेष योजना र विकासका सुत्र बोकेर चुनावी मैदानमा उत्रिएको बताउदै आफ्नो जीत सुनिश्चित रहेको समेत उनको दाबी छ ।

चौहानले चनखुमा ८ कक्षासम्म उच्च स्तरीय प्रविधि सुबिधा सम्पन्न अङ्ग्रेजी माध्यमबाट निजी(बोर्डिङ) स्व-सरहको र १२ कक्षासम्म अनिवार्य र निशुल्क पठनपाठन, प्राविधिक, ब्याबसायीक एवम सीपमूलक गुणस्तरीय शिक्षा साथै आर्थिक बिपन्न परिवारका बिद्यार्थीहरुलाइ आधारभुत आवश्यकताको व्यवस्था साथै आफ्नो प्रतिबद्दता प्रभावकारी कार्यन्वयनका निमित्त सामाजिक एकता कायम गरि जनस्तर, पालिकास्तर, प्रदेशस्तर र राष्ट्रियस्तरमा आवस्यकताअनुसार पहलकदामी र समन्वयन गर्दै अघि बढने घोषणा गरेका छन ।

यस्तो छ घोषणामा प्रतिवद्धता-पत्र