शनिबार, बैशाख १५, २०८१

जापानमा एल्मिरा ट्राभलले वार्षिक उत्सवमा विशेष कार्यक्रम गर्दै

जापान । नेपालमा मुख्य कार्यालय रहि जापानमा वैधानिकरुपमा शाखा कार्यालय दर्ता गरी संचालनमा रहँदै आएको एल्मिरा ईन्टरनेश्नल ट्राभल एण्ड टुर्सले जापानमा स्थापनाको एक वर्ष पुगेको अवसरमा एक बिशेष कार्यक्रम गर्ने भएको छ ।

आफु नेपाल र जापान दुवै स्थानमा वैधानिकरुपमा रहेको र नेपाल तथा जापान दुवै ठाउँबाट यात्रा गर्ने यात्रुहरुलाई यात्रामा आईपर्ने सम्भावित अप्ठ्याराहरुमा सहजीकरण गर्ने तथा अन्यत्र भन्दा सस्तोमा टिकट उपलब्ध गराउन सक्ने दावी छ ।

जापानमा पहिलो पटक नेपालको ट्राभल एजेन्सीको शाखा कार्यालय स्थापना वैधानिकरुपमा संचालनमा रहेको एल्मिराले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाईन्सका टिकटिङको काम अन्यत्र भन्दा सस्तो र सरल तरिकाबाट गर्दै आएको छ । एल्मिरा मार्फत अन्य थुप्रै एयरलाईन्सहरुको टिकट लिन सकिने भएता पनि, व्यापार मात्रै नभई नेपाली गौरव नेपाली सान नेपाल एयरलाईन्सको प्रबद्धन गर्नु पनि नेपाली व्यवसायीको जिम्मेवारी हो भन्ने मुल भावका साथ जापानमा सेवा सुरु भएदेखि नै नेपाल एयरलाईन्सलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा प्रवर्द्धन गर्दै आएको कम्पनीका सिईओ सुमन कार्कीले जानकारी दिनुभयो ।

एल्मिराले यात्रुहरुको चाहना बमोजिम नेपाल एयरलाईन्सका अलवा सिंगापूर एयरलाईन्स, मलेशियन एयरलाइंस,क़तार एयरलाईन्स,टर्किस एयरलाइंस,आना एयरलाइंस,श्रीलंकन एयरलाईन्स तथा एयर ईन्डिया लगायतका एयरलाईन्सहरुको टिकटिङको काम गर्दै आएको छ ।