काठमाडौं । नेपाल पर्यटन बोर्डको संचालक समिति सदस्यमा सफल पर्यटन व्यवसायी लिला लामा नियुक्त भएका छन् ।
एमडी ग्रुुपका अध्यक्ष समेत रहेका लामालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले पर्यटन बोर्डको संचालक समिति सदस्यमा नियुक्ति दिएका हुन् । दुुई दशकदेखि पर्यटन उद्योगमा क्रियाशिल लामाले अन्तर्राष्ट्रिय उडानमा ‘हाम्रो टिकट’ कम्पनी समेत सञ्चालन गर्दै आएका छन् ।
एमडी होलिडे प्रालिका सञ्चालक समेत रहेका लामाले एमडी एडभेन्चर ट्राभल एण्ड टुर प्रालि समेत सञ्चालन गर्दै आएका छन्। पर्यटन क्षेत्रमा करोडौ लगानी गरेका लामाले नेपालको पर्यटन क्षेत्रमा नयाँ ढंगले काम गर्ने सक्षिप्त जानकारी दिएका छन् । नेपाल पर्यटन बोर्डलाई आफ्नो पक्षबाट अझ सबल र शसक्त बनाउने गरी काम गर्ने उनको दावी छ ।
लामासँगै अर्का पर्यटन व्यवसायी मदन कुमार आचार्यलाई पनि नियुक्ति दिइएको छ । पर्यटन मन्त्रालयका सहसचिव होमनाथ लुइटेलको संयोजकत्वमा नेपाल पर्वतारोहण संघको उपाध्यक्ष माया शेर्पा र राजेन्द्र सापकोटा सदस्य रहेको सिफारिस समितिले उनीहरुको नाम पठाएका थिए ।
निजीक्षेत्रबाट पाँच जना बोर्ड सदस्य हुने व्यवस्था छ । पाँच जनामध्ये तीन जनामा उपाध्यक्ष चन्द्र रिजाल, ङवाङ शेर्पा र कृष्ण शाहको दुई वर्ष कार्यकाल बाँकी नै छ ।

