शुक्रबार, असार १२, २०८३

जनप्रगतिशील मञ्च जापान क्षेत्रीय समिति सेन्दाईद्वारा खेलकुद सामग्री जर्सी हस्तान्तरण

जापान । नेपाली जनप्रगतिशील मञ्च जापानको क्षेत्रीय समिति सेन्दाईद्वारा खेलकूद सामग्री जर्सी हस्तान्तरण गरेको छ ।
शुक्रवार सेन्दाइमा आयोजित एक कार्यक्रम बीच नेपाली जनप्रगतिशील मञ्च सेन्दाईका अध्यक्ष तेज दाहालले NRNAFC र NPPFFC का कप्तान दिनेश शर्मालाई खेलकुदका लागि प्रयोग हुने जर्सीहरू हस्तान्तरण गरेका हुन ।
मञ्च जापानको केन्द्रीय अध्यक्ष भवानी पन्त, सल्लाहकार समिति संयोजक तथा निवर्तमान अध्यक्ष हवलचन्द्र लामा र सेन्दाई क्षेत्रीय समिति इन्चार्ज ब]नुका खड्काको सल्लाहमा उक्त सामग्री हस्तान्तरण गरिएको क्षेत्रीय अध्यक्ष दाहालले जानकारी दिए ।

बिदाई तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै क्षेत्रीय अध्यक्ष दाहालले मञ्चले जापानमा खेलकुदको विकासमा नेपाली खेलाडीका लागि सक्दो सहयोग गर्ने बताउँदै सामाजिक कार्यमा आफु र आफ्नो संगठन सधै साथमा रहेको बताए । खेल सामग्री व्यवस्थापनमा सहयोग गर्ने सबैलाई सो अवसरमा धन्यवाद समेत व्यक्त गरे ।

सोही कार्यक्रममा MONA GOLD CUP मा सहभागी हुने जाने १४ जना खेलाडी सहितको टिमलाई बिदाई समेत गरिको थियो ।