केन्यालाई ७ विकेटले पराजित गर्दै नेपाल विजयी

काठमाडौं,३० फागुन ।  विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो खेलमा नेपालले सफलता प्राप्त गरेको छ ।

नेपालले केन्यालाई ७ विकेटले पराजित गर्दै सफलता प्राप्त गरेको हो । खेलमा ज्ञानेन्द्र मल्ल नकाउट रहे भने दिपेन्द्र ऐरीले अर्धसतक पुरा गरेर आउट भए । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई ३० ओभरमा लक्ष्य भेटाएको थियो ।

नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । शरद भेषावकरले चार विकेट लिए । मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गर्दै सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: