धादिङकी प्रभा फ्युबालाई ‘मिस तामाङ वर्ल्ड’ शिक्षाको उपाधि

काठमाडौं । ‘मिस तामाङ वर्ल्ड २०२१’ शिक्षाको उपाधि धादिङकी प्रभा फ्युबाले जितेकी छिन्।

होटल सोल्टी क्राउन प्लाजामा भएको मिस तामाङ वर्ल्ड शिक्षाको ताज फ्युबाले जितेकी हुन् । राजधानीसंग जोडिएको जिल्ला भएतापनि भौगोलिक सुगमताले पछाडी परेको धादिङ उत्तरी भेगको विकट गाउँ दार्खामा हुर्कीएकी र प्रारम्भिक शिक्षा त्यही हासिल गरेकी प्रभाको हजुरबुबाको औपचारिक शिक्षा कम भएतापनि राजनितिक र सामाजिक चेत उच्च भएकाले फलस्वरूप आज उनको परिवारमा उच्च शिक्षा हासिल गर्नेको सङ्ख्या उल्लेख्य छन् ।

मिस फ्युबाले युवा विध्यार्थी विदेशमा अध्ययन गर्न जानुलाई बौद्धिक प्राप्ती वा बौद्धिक पलायन भन्ने निर्णायक मण्डलको उत्तर दिएर उक्त ताज जितेकी हुन् ।
“दिदिको अनुरोध र हौसला ,परिवारको साथ पछिछी म यो मन्चसंग जोडिन पुगे। शुरुका चरणमा केही हिच्किचाहड थिए । पछी मेरो केही सपना अनि मेरो समुदायको,मेरो व्यक्तिगत पहिचानका लागी धेरै सहयोग गर्न लागे पछि मेरो लगाब बढयो र परिवार,आफन्त र प्रियजनहरुको साथ सहयोग पछी यो सफलता हासिल गर्न सफल भए । खुशी छु, सबै प्रति आभारी छु “भन्दै आयोजक प्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।

उनको हजुरबुवाको सक्रियता र पहलमा २०३१ सालमा श्री बृचेत प्राथमिक विद्यालय स्थापना भएको थियो । सोही विद्यालयमै उनको बुबाको पुस्ताले पढ्न नपाएपनी घरमा हजुरबाकै लगाबका कारण शैक्षिक माहोल बन्यो र आज नातिनीको पुस्ता सम्म आइपुग्दा उनको परिबार शिक्षाको क्षेत्रमा नमूनाको रूपमा मानिन्छ ।

गाउँको शिक्षाको अवसरको आफ्नै सिमा,समस्याका कारण प्राथमिक शिक्षा पछी थप अध्ययनका लागि राजधानी छिरेकी प्रभा हाल कानुनमा स्नातक गरि कानुन र न्याय क्षेत्रमा उल्लेखनीय योगदान गर्न प्रयासरत छिन्। यसका साथै आफुले बेहोरेको शैक्षिक अभावको पुर्तिका लागि आफुले खेल्नु पर्ने भूमिकाका लागि सदैव प्राथमिकताका साथ सक्रिय रहने छिन् ।

उनले पाएको ःमिस तामाङ वर्ल्ड शिक्षाको यो सफलताले उनको प्रतिबद्धतालाई अझ मजबुत बनाएको बताउदै यो स्थानमा सम्म पुराउन सहयोग गर्ने सम्पुर्णलाई हार्दिक धन्यवाद दिदै हाम्रो सामाजिक बनोटमा पुरुषले पाउने संरचनात्मक लाभको पुर्बाग्रहमा कहिले नपर्ने र सदैव प्रेम ,प्रेरणा दिने बुबाआम प्रति नमन र यो सफलता उनीहरु प्रती समर्पण गरेकी छिन् ।

प्रतियोगितामा साङ डोमा ब्लोन ‘उत्कृष्ट ड्रेस’, ‘उत्कृष्ट हेल्थ’, ‘भ्यूअर्स च्वाइज’सहित शीर्ष उपाधि, रविना थिङ ‘उत्कृष्ट कल्चर’, सबिता लो ‘उत्कृष्ट टुरिजम’, रेनु तामाङ ‘उत्कृष्ट सोसल वेलफेयर’, अप्रिला घिसिङ ‘उत्कृष्ट इनभायरमेन्ट’, ‘वेष्ट ट्यालेन्ट’ र ‘वेष्ट पर्सनालिटी’, अलिसा तामाङ ‘वेष्ट इकोनोमी’, निशा रुम्बा ‘पब्लिक च्वाइस’ , ‘वाइल्ड कार्ड’बाट प्रवेश पाएका अलिशा घिसिङ ‘वेस्ट फोटोजेनिक’ र अस्तर थोकर ‘वेस्ट डिसिप्लिन’ बनेका थिए।

तामाङ गुरु स्याल्पा तेन्जिङ रिम्पोछेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तान, पूर्व मन्त्री रामवीर मानन्धर, पूर्व मन्त्री परशुराम तामाङ, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एआइजी कृष्णबहादुर तामाङ, एएससीए जापानका अध्यक्ष विनोद लामा लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: