माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा असन्तुष्ट स्थानीयद्धारा आक्रमण

रसुवा । निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा असन्तुष्ट स्थानीयले आक्रमण गरेका छन् । काम भइरहेको स्थानमा पुगेका स्थानीय युवाहरुको समूहले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट नै गरेका छन् ।

कुटपिटबाट दुई विदेशी प्राविधिक घाइते भएको आयोजनाका एक अधिकारीले जानकारी दिए । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसी स्थानीयलाई काम नदिएको र स्थानीय उत्पादन नलिएको भन्दै असन्तुष्ट समूहले आयोजनास्थलमा पुगेर झैझगडा गरेको बताए ।

‘धक्कामुक्की भएको भन्ने खबर आएपछि मैले प्रहरी परिचालनका लागि निर्देशन दिइसकेको छु,’ जैसीले भने,’आयोजनालाई हामी भरपर्दो सुरक्षा दिन्छौं ।’

चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण गरिरहेको छ । तर, आयोजनामा बारम्बार विवाद भएपछि यसबारे निर्माण कम्पनीले चिनियाँ तथा कोरियन दूतावास र गृहमन्त्रालयमा यसबारे जानकारी गराएका कम्पनीका एक अधिकारीले बताए ।

‘अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी०को लगानी भएकाले आयोजनामा ‘स्वतन्त्र पूर्व सूचित सहमति’ गराएका थियौं, तर यसकै कारण आयोजनामा बारम्बार अवरोध हुन थालेका छ,’ ती अधिकारीले भने,’दातृ निकाले स्थानीयलाई जे माग गरेपनि पुरा हुनुपर्छ भन्ने गलत सन्देश दिइएकाले समस्या बढ्दो छ ।’

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ , तर चिनियाँ कम्पनी सिनो हाइड्रोले सब(ठेकदारका रूपमा काम गरिरहेको छ। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया साउथ इष्ट पावर कम्पनी लिमिटेड ९कोएन० र विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी छ ।

साथै आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

६४ करोड ७३ लाख अमेरिकी डलर कुल लागत अनुमान रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् ।आयोजनाको निर्माण २०८३ को मंसिर भित्र सक्ने लक्ष्य राखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: