जापानबाट डा.बलराम श्रेष्ठको संयोजनमा सिन्धुपाल्चोकको बाढी पिडितलाई ५ लाखको राहत सहयोग

जापान । बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानबाट बलराम श्रेष्ठको संयोजनमा सिन्धुपाल्चोकको बाढी पिडितलाई ५ लाखको राहत सहयोग गरेको छ । जापानबाट श्रेष्ठको संयोजनमा सिन्धुपाल्चोकको बाढी पिडितलाई ५ लाखको राहत सहयोग गरेको हो ।

सिन्धुपाल्चोक जिल्लामा २०७८ साल आषाढमा गएको अप्रत्यासित विनासकारी बाढीले सयौ घरहरु बगाएर ठुलो जन धनको क्षति भएकोमा जापानबासी सहयोगी मनहरु र सिन्धुपाल्चोक भोटे नाम्लांग निबासी दाजुभाई दिदिबहिनि समूह गरि जम्मा ८८ जना समाज सेबीहरुबाट प्राफ्त नेपाली पाँच लाख रकम बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनको संयोजनमा संकलन जुलाई १७ तारिखमा स्थगलगत निरीक्षण गरि पिडित परिबारहरु संग प्रतक्ष्य भेटघाट गरि मेलम्ची बजारको १७६ परिबार र चनौती बजार २२ परिबारलाई नगद सहयोग गरेको छ । दुख परेको बेलामा नेपालीले नेपालीलाई सहयोग गर्ने मलम लगाउने उत्साह दिने सहयोगको हातहरु अगी बढाउने हरेक नेपाली र संघ संस्थाको उतरदायित्व हो, रास्ट्र भनेकै एउटा ब्यक्ती परिबार र संघ संस्थाहरुको इकाईबाट निर्मित ठुला संस्था हो हामी दुख परेको बेलामा हामी एक जना नेपालीले एक जना पिडित नेपालीलाई सहयोग गर्न त्यो नै असल र महान कर्म बन्दै समाजमा सुख र सम्बृद हुदै जाने बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन अध्यक्ष डा.बलराम श्रेष्ठले बताउनु भयो ।

सबै सहयोगी मनहरुलाई धन्यबाद दिदै यस्तो पबित्र समाज सेवामा मन बचन कर्म र धनले सहयोग गर्नु हुने सम्पूर्ण जापान तथा नेपालबासी नेपाली दाजुभाई दिदिबहिनिलाई हृदय देखि नै धन्यवाद ज्ञापन गर्दै आउँदो दिनहरुमा पनि संस्थाले बिभिन्न सामाजिक क्रियाकलापहरु गर्दै जाने अध्यक्ष श्रेष्ठले जानकारी गर्नु भयो ।

जापानबासी सहयोगी मन भएको नेपाली मित्रहरुको नामावली

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: