शुक्रबार, बैशाख ०७, २०८१

पत्रकार सापकोटा र एनआरएनए नायोगाका मल्ल विचको बिवाद मिल्यो

नागोया । नेपाल पत्रकार महासंघ, जापानका संस्थापक सदस्य एवं पूर्व उपाध्यक्ष विनोदकुमार सापकोटालाई समाचार लेखेको विषयलाई लिएर गैरआवासीय नेपाली संघ जापान ,(एनआरएनए) नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोजबम मल्लले अपशब्द प्रयोग गरि धम्याएको विषयको विवाद मिलेको छ ।

उक्त घटना बारे प्रेस विज्ञप्ति मार्फत नेपाल पत्रकार महासंघ, जापान साखाले विरोध जनाउँदै समस्या समाधानको लागि नेपाल पत्रकार महासंघ, जापान साखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार कविकिरण न्यौपानेलाई अनुरोध गरेको थियो। सरोकारहरु संगको छलफल पछि दुबै जनालाई सहमतिमा ल्याएको न्यौपानेले बताए ।

गैरआवासीय नेपाली संघ जापान(एनआरएनए) नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोजबम मल्लले गल्ती स्विकार गर्दै अब उपरान्त त्यस्तो नहुने बताएका छन्। सधै आफुले पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्ने समेत उनले बताए । त्यस्तै पत्रकार विनोदकुमार सापकोटाले प्रवासमा अझ सबै नेपालीको एकता आवश्यक भएको तर्क राखे ।

बिवाद समाधानको लागि सरोकारवाला दुबै पक्ष ,बिवाद समाधानका लागि भूमिका निर्भाह गरेका पत्रकार कविकिरण न्यौपाने ,एनआरएनए जापानका सचिव विष्णु प्रसाद घिमिरे, एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल, एनआरएनए जापानका कार्य समिति सदस्य बाबुराम खरेल लगाएतको उपस्थिति थियो ।