काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन सत्तापक्ष र प्रतिपक्षी सहमति भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच संसदीय समिति बनाउने सहमति भएको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच संसदीय समिति बनाउने सहमति भएको जानकारी दिए । उनले समितिको कार्यादेश बनाउन कार्यदल गठन गरेको जानकारी दिए ।
समितिको कार्यादेश बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनेछन् । उक्त कार्यदलले आइतबार कार्यादेश बनाउनेछ ।