एनआरएनएले सरकारसँग सहकार्य गरेर सात प्रदेशमा अक्सिजन प्लान्ट जडान गर्ने

काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनएले सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले शनिबार विज्ञप्ति जारी गर्दैै नवनियुक्त प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना दिएका छन् । देउवाको कार्यकालमा संघ र सरकारबीचको सम्बन्ध प्रगाढ हुने आशा लिइएको छ ।

महामारीविरुद्ध विभिन्न जिल्लाका अस्पताललाई ५५३ थान अक्सिजन कन्सनट्रेटर प्रदान गरिएको जानकारी दिँदै संघले सातैवटा प्रदेशमा अक्सिजन प्लान्ट जडान गर्ने योजना रहेको पनि जनाएको छ ।

मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउन देउवाको कार्यकाल सफल हुने आशा पनि एनआरएनले लिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: