जापानबाट “एउटै गुनासो” बोलको गीत सार्वजनिक (भिडियोसहित..)

टोकियो । जापानलाई कर्मथलो बनाउदै आएका तेजेन्द्र भण्डारीको शव्द, पछिल्लो समय नेपाली लोगसंगितका चर्चित सर्जक, गायक खेम सेञ्चुरीको लय,गायिका रितु थापा मगर र मनोज भण्डारीको स्वरमा रहेको एउटै गुनासो बोलको भिडियो सार्वजनिक भएको छ ।
यस भन्दा पहिला पनि भण्डारीले नेपाली गीत संगीतलाई कर्मथलो बाट नै योगदान गर्दै आएका थिए । यस गीतको भिडीयो टोकियोको बिभिन्न ठाऊमा छायाङकन गरिएको छ।गीतमा महेश क्षेत्री, यशोधा अधिकारी,मनोज क्षेत्री, शिव खरेल “मालदाई’ लगायतको अभिनय रहेको छ । भिडियोको छायाङकन र निर्देशन तेजेन्द्र भण्डारी आफैले गरेका छन् । बिनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको यस गीतमा भिडियो सम्पादन भने प्रकाश धमलाको रहेको छ । उक्त भिडियो Rising Nepal Entertainment YouTube च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: