जापानबाट टिका र सूर्यको तीज गीत ‘माईती कै हेला’ सार्बजनिक

जापान । गायिका टीका शर्मा ‘कोपिला’ले जापानबाट आफ्नो पहिलो तीज गीत ‘माइतिकै हेला ’ सार्वजनिक गरेकी छन् ।

गीतमा टिका शर्माको शब्द र लोकप्रिय सर्जक तथा गायक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ भने छायाँकन र निर्देशन गोविन्द बिष्टले गर्नु भएको छ ।

गीतमा माईतीबाट हेला भएकी चेलीको कथालाई  देखाईएको छ।  टिका शर्मा ‘कोपिला’ को मुख्य अभिनय रहेको भिडियोमा रुप शर्मा, मुना लम्साल, दर्सना गिरि, प्रतीमा आचार्य, आरती आचार्य र रमा सापकोटाले साथ दिनु भएको छ ।

बाग्लुङमा जन्मिएर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाएकी उनी हाल रोजगारीका क्रममा योकोहामा जापानमा रहेकी छन् । सानै देखि स्कूल तथा एफएम रेडियोमा गीत गाउने गरेकी उनले स्थानीय तथा राष्ट्रीय प्रतियोगिताहरुमा पुरस्कार तथा अवार्ड पुरस्कार समेत जितेकी छन् ।

परदेशमा रहे पनि आफ्नो देश र सँस्कृतिको मायाले झन् सताउने गरेकाले मौलिक गीत गाउन चाहना बढेको उनले बताइन्।

‘यस गीतले जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा बिस्वस्त छु’ सङ्गीतकार सूर्य खड्काले भने ।

गीतलाई जीएमएस म्यूजिक एण्ड फिल्म च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

पुरा भिडियो यहाँ

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: