प्रदेश सांसद पाैडेलद्वारा याेजना अनुगमन

कैलाश खत्री, मन्थली । बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले रामेछाप नगरपालिकामा संचालन भएका दुईवटा विकास आयोजना स्थलगत अनुगमन गरेका छन ।जिल्ला स्थित सम्वद्द प्रतिनिधि लिएर उनले योजना अनुगमन गरेका हुन । असार १५ गते मंगलबार सांसद पौडेले रामेछाप नगरपालिकाको वडा नम्बर ५ रामपुर र वडा नम्बर ६ ओख्रेनीमा संचालन भएका विकास आयोजनाको कार्यप्रगति स्थलगत रूपमा अनुगमन गरेका थिए ।

प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत रामपुरको जनता माध्यमिक विद्यालय कोलञ्जोरको खेल मैदान बनाउन १३ लाख बजेट राखिएको थियो । त्यहाँको कार्य प्रगति बारेमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुमार बाबु श्रेष्ठले जानकारी दिए । त्यसैगरी रामेछाप नगरपालिकाकै ओख्रेनीमा संचालन भईरहेको लिफ्ट खानेपानी आयोजनाको लागि पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत ४९ लाख रूपैयाँ खर्च हुनेछ । खानेपानीको समस्या भएपछि लामपाते खोलाबाट पानी लिफ्ट गरि ओख्रेनीकै होदिल छाप भन्ने ठाउँमा संकलन गरेर वितरण गरिने छ ।

यो खानेपानी आयोजना सम्पन्न भएपछि त्यहाँका एक सय आठ घरधुरिले खानेपानी प्राप्त गर्नेछन । खोला बाट ५सय ५२ मीटर उचाइमा पानी तानिने छ । तीनवटा ठूला ट्याङ्कीमा संकलन भएको पानी नागरिकको घर(घरमा पुर्‍याउने योजना रहेको रामेछाप नगरपालिकाका ईन्जिनियर कुसुम भट्टराईले जानकारी दिए ।

नगरपालिकाले गरेको प्राविधिक अध्ययन अनुसार पूर्णरूपमा यो खानेपानी योजना सम्पन्न गर्न २करोड २३ लाख ४०हजार रूपैयाँ लाग्ने ईन्जिनियर भट्टराईले बताए ।

स्थलगत योजना अनुगमनमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अनुगमन समितिका संयोजक दुर्गा बहादुर श्रेष्ठ ,नेकपा एमाले रामेछापका जिल्ला नेता होतराज ढकाल ,रोषण पाख्रिन, ईन्जिनियर तिलक श्रेष्ठ ,स्थानीय जय बहादुर बस्नेत ,लक्ष्मी तामाङ लगाएत रहेका थिए ।

अनुगमन पछि सांसद पौडेलले विकास आयोजनाहरू समय अवधि भित्रै सक्न निर्देश दिए ।रकमको कमी हुन नदिने भन्दै उनले काममा हुने ढिला सुस्ति स्विकार्य नहुने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: