बुधबार, असोज ०२, २०८१

बचेको समय निरन्तर सामाजिक काममा खर्चेको छु : सिद्धार्थ श्रेष्ठ


जापानमा नेकपा एमालेको प्रवासी भातृ संगठन प्रवासी नेपाली मंचको उपाध्यक्ष तथा एमालेको जापानमा प्रखर तथा पेचिला मिलनसार व्यक्तित्व सिद्धार्थ श्रेष्ठ । बुवा श्याम प्रसाद श्रेष्ठ र आमा कुशुम श्रेष्ठको कोखबाट बाग्लुङमा जन्मेका श्रेष्ठ सामाजिक संजाल होस वा प्रत्यक्ष किन नहोस उहाँ नेपाली र एमालेको खण्डन आयो की सिधै प्रतिवाद गर्ने श्रेष्ठ सानो उमेरदेखी नै एमाले भात्री संगठन अनेरास्वबियु र युवा संघमा लामो समय काम गरेर विविध कारण ९ बर्ष अघि जापान आउनु भएका श्रेष्ठ ओएनएफको उपाध्यक्ष, वाग्लुङ समाज जापान कोषाध्यक्ष ,यूनीभर्शल यूनाइटेड नेप्लिज तेक्वाण्डो संघ जापान च्याप्टरको अध्यक्ष र रेष्टुरेण्ट व्यवसाय समेत गर्दै आउनु भएका उनै सिद्धार्थ श्रेष्ठ संग मातृ सन्देश डट कमको लागी राजनीतिक, खेलकूद साथै विविध समसामयिक सन्दर्भमा जापानमा शान्त पहरीले गरेको अन्तर्वार्ता :-

 जापानमा अहिले के मा ब्यस्त हुनुहुन्छ ?
– हामी सबै जना नेपाली परदेशमा काम , व्यवसाय गर्न व्यस्त हुन्छउ म पनि जापानमा विशेष त काम नै हो अहिले सानो ब्यवासय गरेको छु र त्यही नै काम गर्छु र बाकी समय अन्य सामाजिक काममा सहभागी हुन्छु।

 तपाई जापानको एमालेको प्रखर व्यक्तिको रूपमा चिनिनु हुन्छ कहिलेबाट राजनीति सुरु गर्नु भयो ?
– हो म नेकपा एमालेको एक ईमान्दार कार्यकर्ता हुँ । म ९/१० बर्षको उमेरबाटै एमालेमा लागेको हुँ र पार्टी बिभाजन हुदा मालेमा थिए र अखिलको नगर संयोजक थिए। पार्टी एकतापछि फेरी काम गर्दै जादा ०६२र०६३ को जन आन्दोलनमा राजाको निरन्कुशता बिरूद्ध आन्दोलन चर्काउदै गर्दा गिरफ़्तारी परे घाईते पनि भए र राजाको शासनले घोडा टेके पछि हामीहरू रिहा भयौ त्यस पछिका दिनहरूमा अखिलको अन्चल संयोजक हुदै राष्ट्रीय परिसद् सदस्य पनि भए र यसै क्रममा वाईसिएलको अतिबादको बिरुद्ध युथफोर्स नेपालको जन्म भयो र बाग्लुङ जिल्ला संयोजक हुने अवसर मलाई मिल्यो र युथफोर्स बाग्लुङ संयोजकको कार्यकाल सकेर म जापान आएको हु र अहिले पनि निरन्तर बचेको समय पार्टी र अन्य सामाजिक काममा खर्चेको छु ।
कसरी प्रभावित हुनुभो राजनीतिमा ?
– मुलत मेरा साथीहरू कम्युनिष्ट परिवारका हुनु हुन्थ्यो र उहाँको अभिभावकहरूले हामीलाई पढाउनु हुन्थ्यो र उहाँहरूसंग नजिकबाट कम्युनिष्टको बारेमा केही जान्ने अवसर पाए त्यसै कारण म प्रभाबित भएको हु र अझ पछि आउदै गर्दा मनमोहन अधिकारीको नौ महिने सरकारबाट अझ बढी प्रभावित भएको हुँ ।

तपाई राजनीति, खेलकूद अनि ब्यबसाय विदेशी भूमिमा निरन्तर दिदै आउनु भएको छ समय कसरी मिलाउनु हुन्छ ?

-मेरो जिन्दगीको अर्कों पाटो खेलकुद पनि हो म नेपाल रहदा खेलकुद र राजनितीलाई संगसंगै अघि लादैछु । २०५२ साल तिर तेक्वान्डो खेलकुदमा लागेको हुँ र म जिल्ला हुदै अन्चल, क्षेत्रीय,राष्ट्रीय गेममा सहभागी भनेको छु र हाल म युनिभर्सल युनाईटेड नेप्लिज तेक्वान्डो फेडेरेसन जापान च्यापटरको अध्यक्ष छु र हामीले बेला बेला तेक्वान्डो खेलमा सहभागी पनि बन्छौ जसमा अमेरीका अन्तराष्ट्रीय गेममा खेलाडीहरूलाई सहभागी गराएका थियौ बहिनी सन्दिपा अमगाईले गोल्ड मेडल प्राप्त गर्नु भएको थियौ र जापान भित्र पनि बिभिन्न चरणका गेममा सहभागी हाम्रा खेलाडीहरू सहभागी छन भाई अरूण अधिकारीले बिभिन्न चरणको गेम जित्दै पटक पटक राष्ट्रीय गेममा सहभागी जनाई सक्नु भएको छ म एक्लै हैन टिममा काम हुन्छ मलाई साथीहरुले हेल्प गरिरहनुभएको छ । ।
नेपालमा पनि गेम गर्दै आएका छौ बाग्लुङ जिल्लामा बहुउद्देश्य कवर्ड हलको निर्माण का लागी जुटीरहेका छौ र नेपाल बाट अन्तराष्ट्रीय गेममा सहभागी भैई देशको शिर उच्च बनाई पदक भित्राउने खेलाडी लाई नगत सहित सम्मान गरेका छौ खेलकुद सामाग्री पनि प्रदान गर्दै आएका छौ समय मिलाउन को लागी आवाश्यक परे रातै भरि जागराम पनि बस्ने गरेको छु । sidharthhhha
तपाई भित्रै आत्मादेखि भन्दा राजनीति, खेलकूद अनि ब्यबसाय केलाई रोज्नु हुन्छ ?
-बढो अप्ठेरोमा पार्नु भयो शान्त जी जुन कुनै पनि एक बिना म बाच्न पनि सक्दिन मेरो बिचारमा हरेक खेलाडीहरूले राजनिती गरे नगरे पनि राजनिती जान्न आवाश्यक छ भन्ने मलाई लाग्छ र नेपाली इतिहासमा हेर्ने हो भने पदिय भाग बन्डा र नातावाद र कृपाबादले गर्दा आफ्ना मान्छेलाई कसरी सुविधा वा राजनीतिक नियुक्त गर्ने भन्ने मानसिक चिन्तनले गर्दा स्वास्थ्य सम्बन्धी जान भएकालाई कृषि मन्त्री र कृषि सम्बन्धी ज्ञान भएकालाई खेलकुद मन्त्री बनाउने परिपाटीको अन्त्य हुनु पर्छ र खेलाडी नै खेलकुद मन्त्री बन्न सक्नु पर्छ त्यसकारण खेलाडीले पनि राजनिती जान्नु पर्छ र ब्यवासाय भन्नु पर्दा जो आफु संक्षम बन्नको लागी पनि गर्नु पर्छ र आफुनै संक्षम नभए कुनै पनि कुरालाई अगाडी बढाउन सकिदैन र आर्थिक रुपमा कमजोर भैयौ भने पनि जहा काम गर्दा पनि बाध्यताले पनि भ्रष्टाचार हुन सक्छ त्यसैले मेरो लागी राजनिती,खेलकुद,ब्यवासाय सबै को आवाश्यक छ ।

भावि योजना के छ ? 
-अन्तत आफ्नै देश फर्कने हो र अबका दिनमा पनि राजनिती,खेलकुद र ब्यवासायलाई निरन्तरता दिदै बाच्ने र बचाउने नै हो ।

प्रवासी नेपाली मंच (ओएनएफ) जापानको उपाध्यक्ष हुनुहुन्छ,अहिले के हुदैछ ओनएफमा नयाँ कार्य ?
– हाम्रो संगठन प्रवासी नेपाली मंच ओनएफ जापान आफ्ना कार्य निरन्तर गरिरहेको छ । कमिटीभित्र विभाग छ त्यो विभागले कार्यक्रम ,उद्धार ,भैपरि आउदा सहयोग गरिरहेको छ । अनि अहिले हामी क्षेत्रिय अधिवेसनको संगारमा छौ ब्यापक रूपमा तयारी गर्दैछौ ।
ओएनएफ क्षेत्रिय कमिटीको पुर्ण निर्माणको लागि तपाईको जिम्मा छ क्या रे के हुदै छ ?
-अहिले अधिवेसनको तयार लागी मेरो संयोजकत्वमा तिन सदस्य समिती बनेको छ हामी तिब्र तयारीमा जुटेका छौ ।

अन्त्यमा केहि ?
– प्रवासी नेपाली मंच (ओएनएफ)जापानको वारेमा केहि कुरा राख्ने अवसर दिनुभयो तपाई लगाएत मातृ सन्देश डट कम टिमलाई धन्यावाद दिन्छु । साथै आम जापानवासी नेपालीहरुमा सहकार्य गरि अघि बढ्न अनुरोध गर्दछु ।