बुधबार, माघ १६, २०८१

क्यालिफोर्नियामा दूतावासको ८ दिने घुम्ती शिविर, १८ सयले सेवा लिने अपेक्षा

नवराज सिम्खडा, अमेरिका । नेपाली राजदूतावास वासिङटन डीसीको आयोजनामा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलर, राहदानी शिविर सुरु भएको छ। गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टर र नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) सहयोगमा ८ दिने शिविर सञ्चालन भईरहेको छ । आईतबार सम्म शिविरमा ८ सय जनाले सेवा सुबिधा लीई सकेको र बाँकी रहेका ७ सय जना आवेदनको कार्य सम्पादन कार्य तिब्र रुपमा चलिरहेको एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरी ओझाले जानकारी दिए।

त्यस्तै आयोजक एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष ओझाले दूतावास र स्थानीय स्वयं सेवकको प्रयासका लागि आभार प्रकट गरे। सो शिविरमा राहदानीका साथै वारेसनामा लगायतको सेवा पनि उपलब्ध भइरहेको छ। ओझाले एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष पदमा रहेर उक्त क्षेत्रका नेपाली भाषीहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सदैव सक्दो आर्थिक र भौतिक सहयोग गर्दै आएका छन। क्यालिफोर्निया एक स्थानीय नेपाली भाषी भन्छन एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष पदमा हरी ओझा रहेकोमा हामीलाई गर्व लागिरहेको छ ,उहाँलाई पटक पटक एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष पदमा रही रहेको हेर्ने मन भएको बताए। क्यालिफोर्नियाका अध्यक्ष ओझाको सामाजिक कार्यमा निरन्तर लगनसिलता प्रति निकै चर्चा चलेको छ।

घरदैलोमा सेवा दिने सरकारको प्राथमिकतालाई अनुशरण गर्दै शिविर सञ्चालन गरिएको ओझाको भनाइ छ । त्यस्तै, क्यालिफोर्नियाका अवैतनिक महावाणिज्य दूत ऋषि ढकालले बे एरियामा धेरै नेपालीको बसोबास छ भनेर नै दूतावासले शिविर सञ्चालन गरेको जानकारी दिए। स्थानीय आयोजक संस्था नान्सका अध्यक्ष प्रितेश कार्कीले ५ दिनमा आवश्यक परेका सबैले सेवा पाउन नसक्ने उल्लेख गर्दै समय थप्न आग्रह गरेका थिए।अहिलेको समय सम्म कन्सुलर कार्यालय वासिन्टन डिसीमा मात्र भएको हुनाले दुरीको हिसाबले आउन जान समस्या टाढा भएको कारणले नेपालीको बढ्दो माग संगै अब छिटै सान फ्रान्सिस्को मै कन्सुलर कार्यालय रहने क्रममा रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया