सलमानको चेतावनी:‘राधे’ पाइरेसी गर्नेलाई कडा कानुनी कारवाही

काठमाडौं । बलिउड नायक सलमान खानले चलचित्र ‘राधे’ पाइरेसी गर्नेलाई कडा चेतावनी दिएका छन्। सामाजिक संजालमा स्टाटस लेख्दै उनले ओटीटी प्लेटफर्मबाट रिलिज भएको चलचित्र पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन्।

चलचित्र पाइरेसी गरेर हेर्नेहरुसँग आक्रोशित हुँदै सलमानले लेखेका छन्–‘ हामीले हाम्रो चलचित्र राधे २४९ रुपैयाँमा हेर्न सक्ने गरि दर्शकमाझ ल्याएका थियौं। तर, यो चलचित्रको पाइरेसी भैरहेको छ । जुन गम्भिर अपराध हो । साइबर सेल गैह्रकानुनी रुपमा चलचित्रको पाइरेसी गर्नेविरुद्ध कडा कदम चाल्ने तयारीमा छ । म आग्रह गर्न चाहन्छु, तपाई यसको हिस्सा नबन्नुहोस् । नत्र, साइबर सेलले तपाइको विरुद्धमा कडा कदम चाल्नेछ । प्लिज, संझिनुहोला, तपाई साइबर सेलको निशानामा पर्न सक्नुहुन्छ ।’सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई प्रभु देवाले निर्देशन गरेका हुन् । मे १३ मा रिलिज भएको यो चलचित्र रिलिज भएकै दिन पाइरेसी भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: