शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए जापानले तोक्यो दशौँ अधिबेशनको उम्मेद्धारी शुल्क, जुलाई २७ मा मतदान

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको सचिवालय बैठक दशौँ अधिबेशनको उम्मेद्धारी शुल्क तोकेको छ ।
एनआरएनए जापानको ८ मे, २०२१ का दिन बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
निर्णय नं १: रासप जापानको दशौँ अधिबेशनको मिति २५ जुलाई, २०२१ मा गर्ने निर्णय भैसकेकोले निर्वाचन मिति २७ जुलाई २०२१ मा गर्ने ।
निर्णय नं २ : गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन नियमावली २०२१ को नियम ५ को उप नियम ५.१५ अनुसार आसन्न रासपको १० औं महाधिवेशनको निम्ती निर्वाचन आयुक्तमा एहिमे विश्व बिद्यालयका प्राध्यापक (Ehime Univercity ) डा. नेत्र प्रकाश भण्डारीज्यू लाई चयन गर्ने निर्णय गरेको छ। भने बाँकी २ सदस्य कार्यसम्पादनमा सहजताको निम्ति आयुक्तले नै तोक्ने गरी जिम्मेवारी दिने।
निर्णय नं ३ : अन्तराष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन नियमावली २०२१ को नियम ५ को उपनियम ५.१६ बमोजिम ५ सदस्यीय रासपको निर्वाचन मुल्यांकन तथा अनुगमन समितिको गठन जसअनुसार अनुगमन तथा मुल्यानकन समिति निम्न प्रकार रहेको छ।
संयोजक : श्री भवन भट्ट
सदस्य : श्री रोशन केसी
सदस्य : डा. भुपालमान श्रेष्ठ
सदस्य : श्री बिजेश थकाली
सदस्य : श्री बाबुराम भण्डारी
निर्णय नं ४: २०२१-२०२३ कार्यकालको निम्ति आइसीसी सदस्य र रासप पदाधिकारी पदमा उम्मेदवारी दिने उम्मेदवारको निम्ति निम्नानुसारको मनोनयन शुल्क तय।
आइसीसी सदस्य : ४० मान येन
अध्यक्ष : ३० मान येन
बरिष्ठ उपाध्यक्ष : २५ मान येन
उपाध्यक्ष : २२ मान येन
महासचिव : २० मान येन
सचिव : १५ मान येन
कोषाध्यक्ष : १५ मान येन
सहकोषाध्यक्ष : १२ मान येन
प्रवक्ता : १२ मान येन
युवा संयोजक : १२ मान येन
महिला संयोजक : १२ मान येन
सदस्य : ५ मान येन
निर्णय नं ५: रासपको निर्वाचन आइसीसी द्वारा डेभलव गरीएको अन्लाईन निर्वाचन प्रणालीनै प्रयोग गर्ने।
निर्णय नं ६: गत अप्रिल २३ तारीक बसेको कार्यसमितिको नियमित बैठकले गरेको निर्णय बमोजिम रासप अन्तर्गतका क्षेत्रीय समितिहरुको अधिबेशन १५मे २०२१ देखी १५ जुन २०२१ सम्म सम्पन्न गरीसक्ने निर्णय गरे पनि यदी कुनै क्षेत्रीय समिति निर्वाचनमा जानुपर्ने अवस्था देखिएमा उक्त क्षेत्रीय समितिहरुले जुन ३० तारीक भित्र निर्वाचन सम्पन्न गर्न सक्ने छन् तर अधिबेशनको हकमा पहिले गर्न सकिनेछ।
निर्णय ७ : क्षेत्रीय समितिहरुले मनोनयन शुल्क रासपका पदाधिकारी तथा सदस्य हरुको मनोनयन शुल्क भन्दा बढीमा ५०% नबढाई तोक्न सक्ने निर्णय।
निर्णय ८: प्रस्ताव नम्बर ८ विविधमा छलफल गर्दा COVID 19 को बढ्दो संक्रमण र जापानको विभिन्न प्रान्तहरुको नियम तथा COVID १९ को लागी तय गरीएका मापदण्ड हरुलाई मध्यनजर गर्दै क्षेत्रीय अधिबेशनलाई सकेसम्म भर्च्युअल रुपमा सम्पन्न गर्न आवस्यक सुझाव तथा सहयोगको निम्ति क्षेत्रीय उपाध्यक्षज्यू मार्फत सबै क्षेत्रीय समितिलाई जिम्मेवारी दिने निर्णय गरियो।
धन्यवाद

जनक बिक्रम शाही
महासचिव