दमक । नेशनल लाइफ इन्स्योरेन्स दमक र उर्लाबारी शाखाले आर्थिक वर्ष २०८२।८३ मा उत्कृष्ट बीमा व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ।
दमकस्थित कनकाई पार्टी प्यालेसमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक र उर्लाबारी शाखाको संयुक्त आयोजनमा अभिकर्ता सम्मानसहित एक दिने तालिम कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रमुख अतिथि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कोशी प्रदेश प्रमुख नरेन्द्र राईले मोरङको उर्लाबारी र झापाको दमक शाखा अन्तर्गत आर्थिक वर्ष २०८२।०८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा उर्लाबारी शाखाबाट नेशनल रत्नबाट नैनकला राईलाई सम्मान गरिएको थियो । त्यस्तैं, उर्लाबारीबाट व्याक्तिगत कोडबाट टप–५ मा मुख्य व्यवसाय प्रवन्धक बन्धु कुमार निरौला (प्रथम), व्यवसाय प्रवन्धक रुपा राना(द्धितिय), व्यवसाय प्रवन्धक सिता दाहाल (तृतिय), व्यवसाय प्रवन्धक रमेश श्रेष्ठ (चौथो)र व्यवसाय प्रबन्धक खेम आचार्य (पाँचौ) सम्मानित भएका छन् ।
टिमसहित टप–५ मा पुरस्कृत तथा सम्मानित हुनेहरुमा वरिष्ठ व्यवसाय प्रबन्धक एलिसा आले (प्रथम), व्यवसाय प्रवन्धक भरत कडेल (द्धितिय), व्यवसाय प्रबन्धक मिलन ढुङ्गाना(तृतिय), व्यवसाय प्रबन्धक प्रकाश खनाल (चौथो) र व्यवसाय प्रबन्धक गीता थापा (पाँचौं) भएका छन् ।
यता, दमक शाखा मार्फत नेशनल रत्न अवार्डबाट टेककुमारी राई, डाक्टर धमेन्द्रकुमार शाह, कल्पना बोहोरा, पवित्रा लक्सम र शिशिर थेबेलाई सम्मानित गरिएको छ ।दमक शाखा अन्तर्गत नेशनल स्ट्रारबाट सृजना खड्कासहित नेशनल सुपर स्टारबाट शंकर चौधरीलाई सम्मान गरिएको छ ।
व्याक्तिगत कोडमार्फत टप–५ मा मुख्य व्यवसाय प्रबन्धक शंकर चौधरी(प्रथम), ब्यवसाय प्रबन्धक केशब ढकाल (द्धितिय), व्यवसाय प्रबन्धक धनकुमार राई (तृतिय), व्यवसाय प्रबन्धक चुडामणी सेडाई (चौंथो) र व्यवसाय प्रबन्धक कल्पना बोहोरा (पाँचौं)सम्मानित भएका छन् ।
संजालसहित व्यवसायमा उत्कृष्ट हुने टप–५ लिडरहरु मुख्य व्यवसाय प्रबन्धक युवराज दंगाल (प्रथम) मुख्य व्यवसाय प्रबन्धक टीका खरेल (द्धितिय), मुख्य व्यवसाय प्रबन्धक गोपाल काफ्ले (तृतीय), मुख्य व्यवसाय प्रबन्धक नारायणप्रसाद खरेल (चौथो) र मुख्य व्यवसाय प्रबन्धक अर्जुन खालिङ राई (पाँचौं) लाई सम्मान गरिएको थियो ।
त्यस्तैं, सृजना खड्का, ब्यवसाय प्रबन्धक डाक्टर धमेन्द्र शाह, मुख्य व्यवसाय प्रबन्धक गोपाल काफ्ले र कल्पना बोहोरा भण्डारीलाई विभिन्न विषयगत क्षेत्रमा उत्कृष्ट व्यवसाय गरेको भन्दै पुरस्कृत गरिएको थियो ।
उर्लाबारी शाखा प्रमुख मोहन कडेलको अध्यक्षतामा र कोशी प्रदेश प्रमुख राईको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा पथरी शाखा प्रमुख रबीन्द्र लिङदम, विर्तामोड शाखा प्रमुख गंगाराम थापा, प्रशिक्षक वीपी रेग्मी, अभिकर्ता संघ दमक शाखाका अध्यक्ष नारायणप्रसाद भण्डारी लगायतको उपस्थिति थियो ।

