नेपालमा थप ३५५६ मा कोरोना पुष्टि,१२ को मृत्यु, ३७८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार ४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, काठमाडौँमा १५ सय ६७,ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित थपिएका छन् । काठमाडौँमा हाल ६४४ जना संस्थागत आइसोलेशन तथा ९४ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् । देशभर कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ । देशभर २२ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये होमआइसोलेसनमा २० हजार ५३५, संस्थागत आइसोलेसनमा १ हजार ८९९, आईसीयूमा २६८ र भेन्टिलेटरमा ७९ रहेका छन् ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: