उपत्यकामा ९४० सहित २,५५९ मा कोरोना पुष्टि,४१० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै ९४० जना हुन् । काठमाडौंका ७६०, ललितपुरका १०६ र भक्तपुरका ७४ जना थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४१० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । क्वारेन्टाइनमा ७५ जना छन् भने आइसोलेसनमा १४ हजार ७२४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: