बिहिबार, बैशाख १३, २०८१

लाप्राकको एकीकृत नमूना बस्ती स्थानीयलाई हस्तान्तरण

गोरखा । भूकम्प गएको ६ वर्षपछि गोरखा धार्चे गाउँपालिका ४ लाप्राकको एकीकृत नमूना बस्ती स्थानीयलाई हस्तान्तरण गरिएको छ ।
वस्ती हस्तान्तरणका लागी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक शुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआएनए)का अध्यक्ष कुमार पन्तको टोली बिहीवार लाप्राक पुगेको थियो ।

एक कार्यक्रमका बिच लाप्राकका भूकम्पपीडित डम्बर सिंह गुरुङलाइ लालपुर्जा थमाउदै उनीहरुले औपचारिक रुपमा बस्ती हस्तान्तरण भएको घोषणा गरे । बाँकी लालपुर्जा गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङलाइ हस्तान्तरण गरियो । गाउँपालिका मार्फत अन्य लाभग्राहीलाई लालपुर्जा वितरण गरिने बताइएको छ ।

५ सय ७३ मध्य हालसम्म १ शय ३० लाभग्राहीको लालपुर्जा तयार भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ ९जिमाली० गोरखाका प्रमुख रामशरण आचार्यले बताए ।

महर्जनका अनुसार वस्ती निर्माणका लागि ६१ करोड ४० लाख खर्च भएको छ । प्रत्येक लाभग्राहीले ४० बोरा गिटी र ८ ट्याक्टर ढुङ्गा आफै जुटाएका हुन् । गोलाप्रथाद्धारा उनीहरुले यसअघि नै आफ्नो घर छनोट गरिसकेका छन् ।

एनआरएनएले निर्माण गरेको वस्तीमा आवश्यक भौतिक पूर्वाधार निर्माणको काम राष्ट्रिय पुननिर्माण प्राधिरकणले गर्नेछ । आवश्यक प्रक्रिया अघि बढेको प्रमुख आचार्यले बताए ।