कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण

काठमाडौँ । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

उनले लेखेका छन्,‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: