नेपाली व्यवसायी संघ जापानको विशेष बैठक सम्पन्न, चार जना केन्द्रीय सदस्य मनोनित

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली व्यवसायी संघ (एनबिए) जापानको विशेष बैठक सम्पन्न भएको छ ।
यामनासी केनको फुजी लेक होटेलमा शनिबार सम्पन्न भएको हो ।
व्यवसायीहरुको वर्तमान समस्या र भावि चुनौतिको विषयमा छलफल गर्दै बैठकले नागोयाबाट गोबिन्द श्रेष्ठ, दिपक कार्की, बिष्णु घिमिरे, बाबुराम खरेललाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।
जापानमा व्यवसायिक एकता र व्यवसायीहरुको हकहितका निम्ति नेपाली व्यवसायी संघ,जापान आजको आवश्यता भन्ने मुल भावनाबाट अघि बढेको एनबिएले क्षेत्रिय समितिहरु पनि विस्तार गर्दै लैजाने निर्णय गरेको छ ।

विशेष बैठकले एनबिएको विधान सम्मेलन अगस्ट महिनामा गर्ने र दोस्रो अधिवेशन डिसेम्वरमा गर्ने निर्णय भएको एनबिए जापानका सचिव बाबुराम पौडेलले जानकारी दिनुभयो ।
एनबिए जापानका अध्यक्ष बिजय थकालीको अध्यक्षतामा सम्पन्न बैठक सचिव बाबुराम पौडेलले संचालन गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: