शुक्रबार, बैशाख ०७, २०८१

जापानको लागि पर्यटन दूतमा राजन पौडेल नियुक्त

टोकियो । नेपालको पर्यटकीय क्षेत्रको विकास र प्रचारको लागि जापानका लागि पर्यटन द्रुतमा राजनकुमार पौडेल नियुक्त भएका छन् ।
नेपाल सरकार पर्यटन, संस्कृती तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले जापानका लागि पर्यटन द्रुतमा राजनकुमार पौडेललाई नियुक्त गरेको हो ।

स्याङ्जा जिल्लाको टक्सारमा जन्मेर पोखरामा हुर्केका राजनले त्रिभुवन विश्वबिधालय त्रिभुवन विश्वबिधालयकै काठमाण्डौ किर्तिपुर क्याम्सबाट स्नातकोत्तर तह प्रथम श्रेणीमा पास गरेका पौडेलले नेपालमा रहँदा अनुसन्धान ब्युरोमा करिब ५ बर्ष अनुसन्धान अधिकृतको रुपमा पनि काम गरेका थिए ।
पौडेलले त्रिभुवन युनिभर्सिटीमा मास्टर्स टप गरेपछि जापानको नागोया युनिभर्सिटीमा आएर पिएचडीको लागि रिसर्चरको रुपमा रहदै गर्दा जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकामा काम गर्न शुरु गरेका थिए ।
काम कै सिलसिलामा जाइकाको जापान सरकारको विभिन्न निकायमा रहेर काम गरेको अनुभबका पौडेल एनआरएनए जापानका निवर्तमन सदस्य समेत भएका थिए । पौडेलले हाल जापान सरकारको बजेट मार्फत नेपाल, इण्डिया, बंगलादेश, म्यानमार र भियतनाममा बिभिन्न प्रोजेक्टहरु गरिरहेका छन ।
जापानमा नेपाली र जापानी समुदायमा बसेर काम गरेका पौडेलेले नेपालको पर्यटकीय क्षेत्रको प्रचार-प्रसार र नेपालमा जापानी पर्यटन भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।