आन्तरिक उडानको लागि ईसेवामार्फत हवाइ टिकट काट्दा क्यासब्याक दिने

काठमाडौं । आन्तरिक उडानको लागि ईसेवामार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक दिने भएको छ । ईसेवामार्फत आन्तरिक तर्फको एअरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागिता जनाउन सक्ने ईसेवाले जनाएके छ ।

ईसेवामार्फत टिकट खरिद गर्ने ग्राहकमध्ये हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शत–प्रतिशत क्यास ब्याक पाउने र यो त्यसभन्दा माथिको टिकटमा तीन हजार रूपैयाँ छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
उक्त योजना ३१ चैतसम्म सञ्चालन आउने छ । यस्तै ‘जाउँ है पोखरा’ अभियान अन्तरगत पोखरा जाने यात्रुहरुले एयरलाइन्स् टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा साहसिक खेलहरूमा आकर्षक छुट समेत दिने इसेवाले जनाएको छ ।
यात्रुहरुले ईसेवामार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरि यस्तो छुट लिन सकिनेछ । होटल तथा साहसिक खेलमा छुट प्राप्त गर्नका लागि ईसेवाबाट प्रि बुकिङ गरेको अथवा हवाइ टिकट खरिद गरेको बिबरण प्रस्तुत गर्नेपर्ने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया