बिहिबार, चैत १५, २०८०

दोलखा समाज जापानको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा महेश खड्का

टोकियो । जापानमा बिभिन्न पेशा, व्यवसाय, अध्ययन, अध्यापन लगायत बिभिन्न क्षेत्रमा रहेका दोलखालीहरुको संस्था दोलखा समाज जापानको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
टोकियोको ओमरीमा आज शनिवार सम्पन्न दोलखा समाज जापानको तेस्रो अधिबेशनबाट अध्यक्षमा महेश खड्का सर्वसहमति निर्वाचित भएका छन ।
दोलखा समाज जापानको तेस्रो अधिबेशन वरिष्ठ उपाध्यक्षमा संजीब पोखरेल,उपाध्यक्षमा रोशन थापा, महासचिवमा शैलेश खड्का, कोषाध्यक्षमा माधब खड्का चयन भएका छन ।
त्यस्तै समाजको सदस्यहरुमा मनोज श्रेष्ठ, बिनय गुरुङ,किरण पोखरेल , दुर्गा तामाङ, श्रीबहादुर खड्का र नारायण खड्का चयन भएका छन ।
शनिवार सम्पन्न दोलखा समाज जापानको तेस्रो अधिबेशनबाट संस्थाको संरक्षकमा निवर्तमान अध्यक्षमा नवराज थापा र सल्लाहकारहरुमा गिर बहादुर तामाङ,लोकराज चौलगाई, कुलबिन्द्र फुयाल, रत्न लामा, महेन्द्र राउत,नबराज सूबेदी सर्वसहमति चयन गरेका छन ।
दोलखालीहरुलाई एकत्रित गर्दै जापानमा हुने सामान्य समस्याहरुलाई समाधान गरि भातृत्व प्रेमका साथ अगाडी बढिरहेको
दोलखा समाज जापानले आगामी दिनहरुमा जापानमा क्रमिक रुपमा बढ्दै गएको दोलखालीहरुको जनसंख्याको डाटा संकलन गरि सामाजिक सहयोगको भावनाका साथ अगाडी बढ्ने लक्ष्य लिएको जनाएको छ ।