टोकियो महानगरको आदेश उल्लंघन गर्ने चार रेष्टुरेन्टलाई जरिवाना

टोकियो, जापान । टोकियो महानगरपालिकाले रात्रीकालिन ब्यवसाय समय घटाउन दिएको आदेशको उल्लंघन गर्ने चार रेष्टुरेन्टलाई जरिवाना लगाउन आग्रह गर्दै एक नोटिस जारी गरेको छ ।

जापानमा सुधारिएको विशेष कानूनको आधारमा जरिवाना लगाउन भन्दै अदालतलाई कुनैपनि प्रान्तले अनुरोध जारी गरेको यो पहिलोपटक हो ‍। टोकियो महानगरपालिका सरकारले टोकियोमा रेष्टुरेन्टहरूलाई आपतकालको स्थितिमा यसको व्यवसाय घण्टा बेलुकी ८ बजेसम्म छोटो बनाएको थियो, तर यस महिनाको १८ तारिखमा निर्णय गरियो कि जरिवाना तोकिएका रेष्टुरेन्टहरूले उचित कारण बिना अनुरोध पालना गरेनन । २१ तारिखमा संशोधित विशेष उपाय कानूनको अनुच्छेद ४५ को आधारमा महानगरले आदेश जारी गरेको थियो ।

यस महिनाको २१ तारिखमा जब आपतकाल घोषणा हटाइयो र जब महानगरले व्यापारको स्थिति अनुसन्धान गर्यो यो पुष्टि भयो कि चारवटा पसलले बेलुका ८ बजेपछी पनि ब्यवसाय जारी राखेर आदेश उल्लंघन गरेका थिए ।

टोकियो महानगरले प्रशासनिक आदेशको कारण यसलाई बेवास्ता गर्न नसकिने बताउदै २९ तारिख अदालतलाई एउटा सूचना पठाएर ३००,००० येन वा कम प्रशासनिक सजायको रूपमा जरिवाना लगाउन निवेदन जारी गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: