शुक्रबार, बैशाख ०७, २०८१

धादिङ् समाज जापानको चौथों अधिवेशन सम्पन्न, अध्यक्षमा दिनेश लोहोनी चयन

टोकियो । धादिङका विभिन्न स्थानहरुबाट जापान आई, अध्ययन तथा विभिन्न पेशा व्यवसायहरुमा आवद्द रहेका धादिङेहरुको संस्था धादिङ समाज जापानको चौथों अधिवेशन सम्पन्न भएको छ ।
मार्च २८ तारिख आइतबार अनलाईन तथा भौतिकरुपमा दुवै माध्यमबाट सहभागीहरु रहने गरी सम्पन्न भएको अधिवेशनले दिनेश लोहनीको अध्यक्षतामा सर्वसम्मतीमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्ष दिनेश लोहनी,वरिष्ठ उपाध्यक्ष श्यामहरी तिम्सिना,उपाध्यक्ष राम सिमखडा,उपाध्यक्ष सन्तोष तिवारी,महिला उपाध्यक्ष सुजाता दुवाडी, महासिचब बिमल श्रेष्ठ,सचिव बिजय सडौला,सचिव प्रल्हाद अधिकारी,कोषाध्यक्ष बिष्णु कुमार श्रेष्ठ,सह-कोषाध्यक्ष राम बाबु दनाई चयन भएका छन् ।
सदस्यहरुमा शुसान्त बानियाँ,बद्री खनाल,पुष्पक अर्याल,दिनेश पण्डित ,कृष्ण मगर,दिपक बिष्ट ,गोकर्ण रुपाखेती, शुवास पाण्डे,राजेश्वर बस्नेत,ध्रुब भट्टराई,मदन कोईराला, बद्री पाण्डे चयन भएका छन् । यसका अलवा संस्थाले विधानमा रहि केहि सदस्यहरु थप गर्ने जनाएको छ ।
अधिवेशन समारोहमा नेपाली राजदुतावास, पत्रकार महासंघ जापान, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय तथा गैरआवासीय नेपाली संघ जापान एवं जापानमा कृयाशिल विभिन्न संघ संस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

यस अघि सन २०१६ बाट हालसम्म कार्यकाल कृष्ण खनालाले संस्थाको अध्यक्षता गरेका थिए ।