बिहिबार, बैशाख ०६, २०८१

एउटा खाताबाट दुई जनाको मात्र सदस्यता शुल्क जम्मा गर्नु : एनआरएनए जापान

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सदस्यता आवेदन दिनेक्रममा, तोकिएको नियम भित्र रहि सदस्यता शुल्क जम्मा गर्नका लागि अनुरोध गरिएको छ ।

एनआरएनए जापान सोमबार एक विज्ञप्ति जारी गर्दै, सदस्यता आवेदन दिँदा,एउटा बैंक एकाउन्टबाट बढिमा २ जना सम्मको सदस्यता शुल्क जम्मा गर्न सकिने प्रावधान भएता पनि एउटै खाताबाट २ जनाभन्दा बढी व्यक्तिहरुको सदस्यता शुल्क जम्मा गरिएको पाईएकाले सचेत गराएको छ ।

एनआरएनए जापानले एकै खाताबाट २ जनाभन्दा बढीको सदस्यता आवेदन शुल्क मान्य नहुने भएकाले तोकिएको नियमभित्र रहि सदस्यता आवेदन दिनका लागि अनुरोध गरेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ