शुक्रबार, चैत १६, २०८०

सरकारको निरन्तरताको विषयमा मसँग छलफल भएको छैनः माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँबानेश्वरमा संचारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार टिकाउने नटिकाउने भन्ने बारेमा आफूलाई कसैले केही नभनेको बताए ।

उनले सरकारको निरन्तरताको विषयमा छलफल गर्नका लागि सरकारका मानिसहरु आफूसँग कुरै गर्न नआएको बताए । उनले पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताए ।

उनले भने, ‘छलफल, बहस र विवादबाटै हामी कहिल्यै पनि डराउँदैनौं । यो राजनीतिज्ञहरुको विशेषता पनि हो । उनले एमाले केन्द्रीय कमिटी बैठक बोलाउनेबारे आफूलाई केही थाहा नभएको बताए ।