सोमबार, साउन २५, २०८३

संसदको गरिमा कायम गर्न राष्ट्रिय पोशाक अनिवार्य गरियोस्ः सांसद पोखरेल

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत टि–सर्ट लगाएर संसद् बैठकमा सहभागी हुन नदिन सभामुखलाई आग्रह गरेका हुन् । सांसद पोखरेलले सन् २०२१ को फेब्रुअरी ९ मा न्युजिल्यान्डको संसदमा घटेको घटना र सन् २०२३ मा क्यानडाको संसदमा पोशाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको विषय पनि स्मरण गरे ।

उनले भने, ‘संसदको गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टि–सर्ट लगाएर संसद्भित्र प्रवेश गर्न रोक लगाइयोस् । संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टि–सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदिमा लगाउन रोक लगाइयोस् ।’

यसमा तपाईको प्रतिक्रिया